आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्का, शेयर सदस्यहरु प्रेम बहादुर खडेका, तेज कुमारी रोका, केशकुमारी खड्का, ओमकुमारी घर्ती थापाकी आमा, राधाकुमारी खड्काकी सासुआमा तथा संचालक साबित्री खड्का र शेयर सदस्य सुधा जिसीकी हजुरआमा बागलुङ नगरपालिका वडानम्बर ९ गैह्राफाट निवासी अमृतादेवी खड्काको निधन भएको सातौ दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभा गरिएको हो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), कोषाध्यक्ष पूर्ण बहादुर कार्की, सञ्चालक गिता खड्का, ओम साकोसका अध्यक्ष रुद्रबहादुर महत स्वर्गीय खड्काकी छोरी केश कुमारी खड्कालाई मृत्यु राहत रकम प्रदान गर्नु भएको थियो । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सम्पादक राम बहादुर जिसीले गर्नु भएको थियो ।

यसैगरी बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्य अनन्त बहादुर खड्काकी आमा अमृतादेवी खड्काको निधनप्रति श्रद्धाञ्जली तथा मृत्यु राहत रकम प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र संरक्षक देवबहादुर श्रेष्ठले श्रद्धाञ्जली वक्तव्य र मृत्यु राहत रकम मृतककी छोरी केश कुमारी खड्कालाई प्रदान गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *