होम–स्टे प्रर्बद्धनमा आदर्श

आदर्श अनलाइन, बागलुङ

धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले होम–स्टे (घरवास) प्रर्बद्धन अभियान थालेको छ ।

लामो समयदेखि सञ्चार,आर्थिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल आदर्शले यस वर्षदेखि स्वास्थ्य र पर्यटन प्रर्वद्धनलाई बिशेष प्राथमिकताको कार्यक्रममा राखेको छ ।

सहकारीले यही वर्षदेखि जिल्लामा सामुदायिक घरबास पर्वद्धन गर्ने तथा घरबासमै पुगेर सहकारी सचेतना समेत प्रदान गर्ने कार्यक्रम तय गरेको आदर्श सञ्चार सहकारी संस्थाका सचिव ललिता थापाले बताउनुभयो । यस अभियान अन्र्तगत गलकोट नगरपालिका–६ भुजुङ्गे स्थित स्टोन भिलेज होम–स्टेमा प्रर्वद्धनात्मक कार्यक्रम गरिएको उहाँको भनाई छ ।

यसअघि आदर्श सञ्चार सहकारीले हरेक वर्ष ग्रामिण क्षेत्रका नयाँ नयाँ पर्यटकीय गन्तव्यमा पुगेर संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव मनाउँदै आएको थियो ।

कोरोना महामारीका कारण मानव जीवनकै कठिन संकट अहिले बिद्यमान रहेकाले स्वास्थ्य सचेतना र समाजको समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि ‘होम स्टेसँग आदर्श’ कार्यक्रम सञ्चालन गरिएको आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले जानकारी दिनुभयो ।

‘हामी सहकारी मार्फत सञ्चार र आर्थिक कारोबार मात्रै होइन, सामाजिक उत्तरदायित्व बहन गर्ने, समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने खालका कार्यक्रम अन्र्तगत स्वास्थ्य र पर्यटन क्षेत्रलाई बिशेष महत्व दिएर अभियान थालेका छौं,’ अध्यक्ष जिसीले भन्नुभयो ‘होम स्टेलाई सहकारी सचेतना सहित अरु सम्भावना, सहकार्यका बारेमा पनि छलफल, अन्र्तक्रिया गर्नेछौ ।’

गलकोट स्थित स्टोन भिलेज होमस्टेबाट शुरु गरिएको ‘होम स्टेसँग आदर्श’ कार्यक्रम जिल्लाका १० वटै पालिकाका २८ भन्दा बढी होमस्टेमा पु¥याइने संस्थाका सम्पादक रामबहादुर जिसी बताउँनुहुन्छ । सम्भव भए सम्म यसै आर्थिक वर्ष भित्रमा जिल्लाका सबै सामुदायिक घरबासमा पुग्ने उहाँको भनाई छ । जिल्लामा हाल सम्म २८ वटा सामुदायिक होम स्टे (घरबास) छन् ।

दुई वर्ष अघि स्थापना भएको स्टोन भिलेज घरबासमा पछिल्लो समय पर्यटक पाहुनाको उपस्थिति बढ्न थालेको छ । घरबासमा सामुहिक रुपमा खान बस्न तथा विभिन्न सचेतनामुलक कार्यक्रम लिएर आउँदा घरबासको प्रचार प्रसारमा सहयोग पुग्ने सामुदायिक घरबासका सञ्चालक समितिका अध्यक्ष कमला श्रीसले बताउनुभयो । घरबासमा अहिले एक रातमा ३० पाहुना बस्न सक्नेछन् ।

लोकल ढिँडो, लोकल कुखुराको परिकार, सिस्नोको परिकार, मकै भट्ट, फापर, गुन्द्रुक लगायतको परिकार आर्कषणको रुपमा रहेको घरबासका सञ्चालक भीम विश्वकर्माले बताउनुभयो । पछिल्लो समय आदर्श सञ्चार सहकारीले सहकारीका सात सिद्धान्त अनुसार सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको छ ।

जसअन्र्तगत सहकारीले आगामी दिनमा युवासंग आदर्श, उद्यमीसंग आदर्श, महिला, जेष्ठ नागरिक तथा बालबालिका संग आदर्श, जनप्रतिनिधि, व्यवसायी, विद्यार्थी, पत्रकार, शिक्षक, श्रमिक तथा राजनीतिकर्मी संग आदर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *