पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

अमदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत १ जना र फिस्टेल हस्पिटलमा उपचाररत १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मंसिर २४ गते कोरोना पुष्टि भई उपचाररत पोखरा ७ का ६५ वर्षीय पुरुषको मंसिर २४ गते बेलुका ७ :०० बजे तथा मंसिर २२ गते कोरोना पुष्टि भई उपचाररत तनहुँ शुक्लागण्डकी ८ का ७४ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:१५ बजे चरक मेमोरियल हस्पिटलमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर २० गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा-१० का ८१ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:०० बजे तथा मंसिर १९ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १३ का ५१ वर्षीया पुरुषको मंसिर २४ गते बिहान ४ :२५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *