दुबै अध्यक्ष मिलेर जानुको बिकल्प छैन : मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टी भित्र बहुमत र अल्पमत नहुँने भन्दै मिलेर जानुको बिकल्प नरहेको बताउनुभएको छ ।

नेपाल कम्पुनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आएजस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि लाग्न नहुँन आम पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । शुरुमा पार्टी एकिकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँड गरेपनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताउनुभयो । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उहाँको भनाई रहेको छ ।

संघीय सांसद तथा नेकपाका केन्द्रिय सदस्य मनकुमारी केसीकी ममतामयी आमा हरिकला खत्रीको निधन भएको नबौं दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री गुरुङले अहिले दुई अध्यक्ष मिलेर जाने आम पार्टीकार्यकर्ताले सर्मथन गर्नुको बिकल्प नरहेको भन्दै निजी स्वार्थकालागि अनावश्यक मनमुटाव गर्ननहुने बताउनुभयो । कम्युनिष्ट सरकारले गरेका राम्रा कामको प्रचार प्रसार नभएको र जनतामा कम्युनिष्ट सरकारका विरुद्धमा भ्रम छर्ने कार्य भएको उहाँको दाबी रहेको छ ।

“पार्टी फुटेमा आगमी चुनावमा जनता माझ के भनेर जाने एक पटक सबैले सोचौं” गुरुङले भन्नुभयो “जिल्ला तहमा समेत गुट उपगुटको बैठक भएको सुन्छु, यस्तो कामले व्यक्तिलाई फाइदा होला, पार्टी र राष्ट्रलाई घाटा हुन्छ ।”

मुख्यमन्त्री गुरुङले दिवंगत हरिकला खत्रीको तस्विरमा माल्यार्णपन गर्नुभएको थियो । उहाँले शोकको यस घडिमा दिवंगत हरिकला खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै माननीय मन कुमारी केसी लगायत शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्नुभएको थियो । खत्रिको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *