सेती नदीमा ३० वर्षीय युवक मृत फेला

आदर्श अनलाइन, बागलुङ
सेती नदीको बीच भङ्गालोमा एक युवा मृत फेला परेका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको बीच भङगालोमा शनिवार युवक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भङगालोमा तनहुँ घिरिङ गाउँपालिका-४ का ३० वर्षीय बलसिंङ राना शनिवार दिउसो मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो  । घटनाका बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *