गरिबी उकास्न घरबास कार्यक्रम फलदायी : मन्त्री लम्साल

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा बातावरणमन्त्री विकास लम्सालले आफू गाउँको विकासका लागि मन्त्री बनेको प्रतिक्रिर्या दिनुभएको छ । घरबास कार्यक्रमले ग्रामिण पर्यटकका वृद्धि भएसंगै शहरी पर्यटन व्यवसायीले विरोध गरेको बताउदै मन्त्री लम्सालले गाउँमुखी विकासका लागि गण्डकी प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

घरबासमा गण्डकी प्रदेशले गत वर्ष अनुदान कार्यक्रम ल्याएपछि गाउँमा पर्यटक बृद्धि भएको दाबी गर्नुभयो । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शनिबार साँझ आयोजना गरेको संवाद कार्यक्रममा मन्त्री लम्सालले आफू गाउँबाट जनप्रतिनिधि भएर गइसकेपछि गरिबी उकास्नका लागि रोजगारी सिर्जनका गर्न उद्योग ग्राम स्थापना गर्ने, ग्रामिण पर्यटन कार्यक्रम ल्याउने, पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगायतको काममा लागेको बताउनुभयो ।

“स–साना उद्योगबाट भएपनि धेरैलाई रोजगारी दिने योजना प्रदेश सरकारको छ” लम्सालले भन्नुभयो “बागलुङमा दुई औधोगिकग्राम स्थापना थालिएको छ, अब उद्योग स्थापना गर्न जनतालाई झन्झट हुँदैन, औधौगिक ग्राममा गएर सिधै उत्पादन थाले हुन्छ ।” मन्त्री लम्सालले होटलको बिकल्प घरबास नभएको भन्दै अर्गानिक उत्पादन गरी घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन आगमी दिनमा थप बजेट बिनियोजन गर्ने बताउनुभयो ।

मन्त्री लम्सालले एक हप्ता बागलुङ जिल्लाका सात पालिकामा प्रदेश सरकारबाट भएका योजनाको अनुगमन, निरिक्षण तथा नयाँ बजेट विनियोजन भएको, विभिन्न योजनाको शिलान्यास गर्नुभएको थियो । संवाद कार्यक्रममा बागलुङ भ्रमणको विषयमा जानकारी, बागलुङका जनताको माग, योजना तथा गण्डकी प्रदेश सरकारले आगमी दिनमा विकासका लागि निकासा गरेको बजेटका विषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री लम्सालले बागलुङमा रहदा बलेवामा प्याराग्लाईडिङ पूर्वाधार शिलान्यास, कोरोना अस्पताल उद्घाटन, भ्यू टावर शिलान्यास र ताराखोलामा औधोगिक ग्रामको शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पर्यटन सम्बन्धि जिज्ञासा राखेका थिए । कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *