पाठ्यक्रम सक्न अतिरिक्त कक्षा चलाउदै बरेङ गाउँपालिका

डम्मर बुढा मगर, बागलुङ
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण चार महिनादेखि अवरुद्ध बनेको पठन–पाठनलाई पूर्णता दिनको लागि अतिरिक्त कक्षा संचालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । कोरोनाका कारण शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तीका लागि अतिरिक्त कक्षा लिन थालिएको हो ।

पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाई उपलब्धीलाई प्रभाकारी बनाउन र पाठ्यक्रम समयमै सक्नका लागि गाउँपालिका अतिरिक्त कक्षा संचालन गर्न थालेको उहाँको भनाई छ ।

सरकारले शैक्षिक सत्र सकाउनका निम्ति निर्देशन दिए पछि समयमै पाठ्यक्रम नसकिने भए पछि विद्यार्थीको उच्च मनोबाल बनाउनका र सिकाई बढवा दिनका लागि कक्षा सुरु गरिने गाउँ पालिकाले जनाएको छ ।

पौष १ देखि कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि कक्षा संचालन गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताउनुभयो ।

शर्माले ४ महिनापढाई रोकिएका कारण पाठ्यक्रम नसकिने भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर कक्षा संचालनको थालिन गरेको जानकारी दिनुभयो ।

अतिरिक्त कक्षा संचालनका लागि गाउँपालिकाले ३ लाख ५० हजार छुट्याएको उहाँको भनाई छ । उक्त रकमबाट शिक्षकहरुलाई अतिरिक्त कक्षा लिएबापत प्रदान गरिनेछ ।

‘बन्दाबन्दीका कारण विद्यार्थीहरुले चार महिना भन्दा बढी कक्षा लिन पाएनन्, त्यसले गर्दा पाठ्यक्रम नसकिने भयो, उनीहरुलाई सिकाईमा समस्या हुने हुँदा गाउँपालिकाले नै शुल्कतिरिदिने गरि कक्षा संचालन गरिने भएको हो,’ उहाँले भन्नुभयो ‘बन्दाबन्दीमा पनि हेल्लो अभिभावक, टोल शिक्षा लगायत काकार्यक्रम त गरियो तर कक्षामा आएर नपढेपछि सिकाई प्रभावकारी नहुने हुँदा अतिरिक्त कक्षा संचालन गर्नु परेको हो ।

पौष १ गतेदेखि कम्तीमा २ घण्टा विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्दा गाउँपालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयका ७ सय ४० जना विद्यार्थी लाभान्वित हुने अधिकृत शर्माले बताउनुभयो । अतिरिक्त कक्षाले कमजोर विद्यार्थीलाई थप उत्प्रेरणा मिल्ने र पाठ्यक्रम समयमै सकिने उहाँको भनाई छ ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माका अनुसार विहान १० बजे देखि वेलुका ४ बजे सम्म नियमित कक्षा संचालन हुनेछ भने बिहान एक घण्टा र बेलुका १ घण्टा अतिरिक्त कक्षा लिइनेछ । अतिरिक्त कक्षाको विषय विद्यालयको शिक्षकहरुको बैठकले छनौट गर्न पाइने छ । गाउँपालिकाले थप गरेको अतिरिक्त कक्षाको बजेटले अपुग भएमा विद्यालय व्यवस्थापन समितिले आयस्रोत जुटाउनु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *