बेनी बचतद्वारा दृष्टिविहिन विद्यार्थीलाई आर्थिक सहयोग

साधना पन्त, बागलुङ

बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले दृष्टिविहिन विद्यार्थीको लागि आर्थिक सहयोग गरेको छ ।

सहकारीले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा आइतबार श्री ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यानरत दृष्टिविहिन विद्यार्थीहरुको लागि नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष रमेश गिरी र संस्थाका पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद शर्मा र प्रध्यानध्यापक परशुराम गौंडेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा फरक क्षमता भएका, शारीरिक अपाङगता भएका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएको छ । यसवर्ष पनि सोही कार्यलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो । संस्थाले सहकारीका सिद्धान्तलाई आत्मासाथ गर्दै सामाजिक कार्य गर्दै आएको भन्दै गिरीले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले फरक क्षमता भएका, शारीरिक अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने गरी संस्थागत रुपमै निणर्य गरिएको उहाँको भनाई थियो ।

अघिल्ला वर्षहरुमा संस्थाले विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गर्ने गरेको भएपनि यस वर्ष कोरोना महामारीको कारणले सहकारीको कार्यालयमै सामान्य कार्यक्रम गरेर राहात हस्तान्तरण गरेको संस्थाका प्रबन्धक सज्जन शाक्यले बताउनुभयो ।

कार्यक्रम बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीका अध्यक्ष रमेश गिरीको अध्यक्षता र संस्थाका सचिव माधव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *