आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य जमुना जिसीकी सासुआमा बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थान निवासी रत्न कुमारी जिसीको निधन भएको १२ औं दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभा गरिएको हो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम बापतको रु. पाँच हजार पनि हस्तान्तरण गरेको छ ।

संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले स्वर्गीय जिसीको परिवारलाई मृत्यु राहत रकम प्रदान गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको मृत्यु हुँदा रु. १५ हजार र शेयर सदस्यका आफन्तको मृत्यु हुँदा रु. ५ हजार राहत रकम दिदैआएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *