कांग्रेसको प्रर्दशनको सन्देश

सम्पादकीय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन ग¥यो । कांग्रेसका नेता तथा कार्यकर्ताले देशैभर सरकारविरुद्ध चर्का नारा लगाए । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । खासगरी तनहुँमा पूल उद्घाटनका क्रममा नेपाली कांग्रेसर नेकपाबीच तिव्र विवाद भए पछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ ग¥यो । त्यसलगत्तै कांग्रेस कार्यकर्ताले देशव्यापी सडकमा सांकेति बिरोध प्रर्दशन गरे । र सरकारविरुद्ध चेतावनीको शैलीमा उद्घोष गर्दै भनेका थिए–सरकारले सुतेको बाघलाई ब्युझायो । के अब कांग्रेस ब्युझिएकै हो ? यो भोलीको दिनले प्रष्ट गर्नेछ ।

नेपाली कांग्रेस यो देशको पुरानो प्रजातान्त्रिक पार्टी हो । भलै यो कति प्रजातान्त्रिक आचरण, सँस्कार, मूल्य मान्यतामा चलिरहेको छ ? यसका बारेमा घण्टौ बहस हुन सक्छ । तर, नेपाली कांग्रेससँग सत्ता सञ्चालनको लामो अनुभवको फेहरिस्त छ । २०४६ सालको परिवर्तन पछि कांग्रेससँग सायदै प्रतिपक्ष बनेर बसेको लामो समयको अनुभव होला । यसकारण पनि कांग्रेसले वर्षौ सत्ता चलाएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा करिब दुई तिहाई नजिकको सरकार छ । र नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षमा बस्ने जनमत छ । पाँच वर्ष नेकपालाई सरकार सञ्चालनको जिम्मेवारी छ । यद्यपी, पछिल्लो समय नेकपा आफै ठुलो गञ्जागोलमा फसेको छ । आपसी आन्तरिक विवादले सरकार र मुलुककै भविष्य के हुने हो भन्ने चिन्ता र संशय आजको दिनमा पनि व्याप्त छ । कोरोना महामारी लगायतका विरुद्ध जुध्ने बेलामा आन्तरिक विवादसँग जुध्नुपर्ने बिडम्बनापूर्ण राजनीतिले जनता आजित छन् । सरकार सरकार जस्तो नभएको तिव्र गुनासो र आलोचनाका बीच प्रमुख प्रतिपक्ष पनि प्रतिपक्ष जस्तो बन्न नसकेको गुनासो र आलोचना पनि व्यापक छ । यही परिस्थिति र बाध्यताका बीच नेपाली कांग्रेसले सरकारविरुद्ध शक्ति प्रर्दशन गरेको छ ।

पछिल्ला दिनमा सरकारविरुद्ध गतिविधि र बिरोध प्रर्दशन बढिरहेको छ । सोमबार कांग्रेसले कोरोना जोखिमका बीच सडकमा बृहत प्रर्दशन ग¥यो । राजावादीहरुले समेत निरन्तर राजा आउ, देश बचाउ भन्दै नाराबाजी र सडकमा प्रर्दशन गरिरहेका छन् । राजतन्त्र अन्त्य गरिएकै नयाँ संघीय अभ्यासको जगमा जनताबाट निर्वाचित दुई तिहाई नजिकको दुर्लभ सरकार मुलुकले पाएको थियो । तर, सरकारको जनअपेक्षा अनुसारको भूमिका नहुँदा निराशा, नागरिक कुण्ठा बढ्दै गएको छ । जसका कारण प्रमुख प्रतिपक्ष कांग्रेस मात्र होइन, राजाबादी पनि सरकारलाई सडकबाट ठाडो चूनौति दिइरहेको छ भने संघीयता विरुद्धको आवाज बुलन्दित गर्दै आएको राष्ट्रिय जनमोर्चा पनि सडकबाटै बिरोध प्रर्दशन सहित सरकारलाई खबरदारी गर्दैछ । यसले गम्भीर संकेत गरिरहेको छ र सरकारलाई आफ्ना गलत पात्र र प्रवृत्तिबारे समिक्षा गर्न घचघचाएको छ । सरकारले बेलैमा आफ्ना गलत काम र कार्यशैलीलाई सच्याओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *