संघीयतामाथि वैरभाव राख्नेले विरोध गर्न थाले : मुख्यमन्त्री गुरुङ

डम्मर बुढा मगर, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि वैरभाव राख्नेले विरोध गर्न थालेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङको १२ औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्मन्त्री गुरुङले संघीयताको औचित्य पुष्टि भएको भन्दै यसको कार्यान्वय हुने चरणमा रहेको बताउनुभयो ।

‘अहिले संघीयताको विकल्प खोज्ने बेला होइन, भर्खर त कार्यान्वयनको चरणमा छौँ, मलाई त संघीयताको औचित्य पुष्टि भएको लागेको छ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘संघीयता माथि वैरभाव राख्नेहरुले मात्रै यसमाथि प्रश्न गरि रहेका छन्, विरोध गर्न थालेका छन् ।’

संघीयता नभएको भए कोराना संकटमा धेरैले ज्यान गुमाउने पर्ने र अधिकांश नागरिक संक्रमित हुने भन्दै यसको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको खेलेको बताउनुभयो ।

मन्त्री गुरुङले राजतन्त्र कुनै पनि हालतमा नफर्किने दाबी गर्नुभयो । उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जिकिर समेत गर्नुभयो । ‘गणतन्त्रको विकल्प राजतन्त्र खोज्नु विजुलीको विकल्पमा अगुल्टो खोजे जस्तै हो’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *