बागलुङका तीन पत्रकार सम्मानित

आदर्श अनलाइन, बागलुङ
बागलुङका तीन पत्रकार सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङको १२ औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घटनाका अवसरमा पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रेडियो परिवर्तनका स्टेशन म्यानेटर रामनारायण सुवेदी र ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्य सम्मानित भएका हुन् ।

हरेक वर्ष प्रदान हुँदै आएको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कार र नन्दहरी सृजनशील पत्रकारिता पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन् ।

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कारबाट निवर्तमान अध्यक्ष राजभण्डारी, हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट समाचार लेखन तर्फ आचार्य र स्तम्भ लेखन तर्फ सुवेदी सम्मानित भएका हुन् ।

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कारबाट राजभण्डारीलाई १५ हजार १ सय ५५ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो भने हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट सुवेदी र आचार्यलाई १५÷१५ हजार नगदसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतमले आफ्ना स्वर्गीय माता पिता नन्दकली गौतम र हरिलाल गौतमको स्मृतिमा २०६६ सालमा स्थापना गर्नु भएको थियो ।

त्यस्तै हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कार बागलुङ नगरपालिका–२ का तीर्थप्रसाद श्रेष्ठ र उनको परिवारले माता पिताको स्मृतिमा २०७३ सालमा स्थापना गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *