गाई काट्दै गरेका एक व्यक्ति पक्राउ

आदर्श अनलाइन, गोरखा
गोरखामा गाई काटेर खाएको आरोपमा प्रहरीले मंगलबार बिहान एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गोरखा नगरपालिका-१ ताप्ले निवासी ४६ वर्षीय सोमबहादुर नेपालीलाई गाई काटी राखेको अवस्थामा प्रहरीले ताप्ले सामुदायिक बनबाट पक्राउ गरेको हो ।

नेपालीलाई गाई काटिरहेको अवस्थामा मंगलबार बिहान १०.३० बजे प्रहरीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *