आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले बुधबार संस्थाका नियमित स्तम्भकारहरुलाई सम्मान गरेको छ ।
बुधबार संस्थामा एक कार्यक्रमको आयोजना गरेर संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श अनलाइन डट कममा नियमित रुपमा लेख लेख्दै आएका स्तम्भकारलाई सम्मान गरेको हो ।
संस्थाद्वारा सञ्चालित संचार माध्यममा लेख, समाचार र आलेख उपलब्ध गराएर सहयोग गर्नेहरुलाई न्यूनतम पारिश्रमिक सहित सम्मान गर्ने संस्थाको गत आर्थिक वर्षको निर्णय अनुसार संस्थाका १० जना नियमिति स्तम्भरकारलाई नगद सहित सम्मान गरिएको हो ।
नियमित स्तम्भकार देब बहादुर श्रेष्ठ, सरोजराज पन्त, जीवन शाक्य, रामनारायण सुवेदी, कृषिता अधिकारी निशा र शुभेच्छा पन्तलाई संस्थाको कार्यालयमै सम्मान गरिएको छ । कार्यक्रममा उपस्थित हुन नसकेका राजेशचन्द्र राजभण्डारी, शिवसरण ज्ञावाली, तुल्सीराम पाण्डे र खिमानन्द कंडेललाई सम्मान सहित पारिश्रमिक उपलब्ध गराइने संस्थाका सम्पादक रामबहादुर जिसीले बताउँनुभयो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव तथा आदर्श सञ्चार सहकारी संस्थाका प्रकाशन उपसमितिका सदस्य राम थापा अविरलले स्तम्भरकारलाई नियमित पारिश्रमिक दिने गरी सहकारीले गरेको निर्णय जिल्लामै उदाहारणीय भएको बताउनुभयो ।
उहाँले कोरोना महामारीको विचमा सञ्चार माध्यममा काम गर्नेहरुको रोजगारी गुमेको, पारिश्रमिक नपाएको भन्ने समाचार प्रकाशित भइरहेको समयमा मोफसलको सञ्चार माध्यमले लेख लेख्नेहरुलाई समेत पारिश्रमिक दिएर हौषला बढाएको उहाँको भनाई थियो ।
सम्मानित स्तम्भकारहरुले पैसाको लागि नभएर रुचिको विषयलाई लेख मार्फत पाठक सामु पु¥याउँने माध्यमको रुपमा आदर्श सञ्चारलाई रोजेको भएपनि सहकारीले पारिश्रमिक दिएर आफुहरुलाई उत्साहित र थप जिम्मेवार बनाएको बताउँनुभएको थियो । सम्मान कार्यक्रम संस्थाका कार्यकारी सम्पादक दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।
Thank Adarsha sanchar sahakari for respecticting and empoering us.