बाथरुममा लडेर एक व्यक्तिको मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखराको लामाचौरमा बिहीबार एक व्यक्तिको बाथरुममा लडेर मृत्यु भएको छ ।

ओखलढुङ्गा जिल्ला घरभई पोखरा-१९ लामाचौर बस्दै आएका ४५ वर्षीय सार्कीमान मगरको  बाथरुममा लडेर मृत्यु भएको हो ।

बाथरुममा लडेर गम्भीर घाइते मगरलाई उपचारको लागी पोखराको फिस्टेल अस्पतालमा पठाइएकोमा  चिकित्सकले मृत घोषणा गरेको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राज कुमार थिङले जानकारी दिनुभयो  ।

घटनाको बारेमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *