सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६/०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।

बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो ।

साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौ ।
बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो ।

एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार जुम मार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाह अनुसार शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभाशं वितरण गरेको छ ।
सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले शुक्रवार नै एक विज्ञप्ती प्रकाशित गरी बैंकसंग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैंकसंग कारोबार गर्ने संघ संस्था तथा सहयोग र समन्वय गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ । शेयर लाभांश खातामा पठाइएको छ, संरक्षित पूँजिफिर्ता कोषको रकम पनि छिटै पठाउने बैंकले जनाएको छ ।

बैंकले लाभाशं बाहेक कारोबारका आधारमा संरक्षित पूँजिफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ । संरक्षित पूँजिफिर्ताकोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने गुरागाईले बताउनुभयो । बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट बैंकसंग कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने भएको छ । यस भन्दा अगाडि आ.व.२०६५/०७६ को कारोबारबाट ९ करोड ३५ लाख र २०७४/०७५ को कारोबारबाट ४ करोड ४३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट रकम प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *