लागुऔषधसहित १ पक्राउ

आदर्श अनलाइन, पोखरा

पोखरा महानगरपालिका ३ मा लागु औषधसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा ३ का ३४ वर्षीय अष्टमान बालकृष्ण गिरि रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको साथबाट फेनरागन ३७ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाइजेपाम ३४ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

नदीपुर रामेश्वर मन्दिरमा लागूऔषध सहित उनलाई फेलापारेको थियो ।

उनीमाथि थप लागुऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *