युवती हत्या आरोपमा पोखराबाट युवक पक्राउ

आदर्श अनलाइन, लमजुङ

युवती हत्या आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले  सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

सुन्दरबजार  नगरपालिका – ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले  युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले  ,उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको हो ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई शुक्रबार नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक युवतीको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले शुक्रबार नै किटानी जाहेरी दिनुभएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *