महिलालाई बोक्सी भन्दै कुट्ने बडिगाडका ५ जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

पीडित महिलालाई मंसिर २८ गते मुखमा टेप बाँधी कुटपिट गरेको, मानसिक रुपमा यातना दिएको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्ण बहादुर राना सहित २८ र १९ वर्षीया दुई महिलालाई पक्राउ गरेको हो ।

महिलाको घाँटी, गाला र शरिरका विभिन्न अंगहरुमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितले पीडित महिलालाई नियोजित रुपमा लामो समय देखि पटक–पटक मानसिक यातना हुने गरी बोक्सी आरोप लगाउने गरेको पाईएको प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो । पीडित महिलाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।

बोक्सीको आरोप (कसुर सजाय) ऐन २०७२ अनुसार बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने व्यक्तिलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र पचार हजार देखि एक लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *