खड्का परिवारद्वारा मानवसेवा आश्रममा सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–७ सिगाना निवासी अनन्त बहादुर खड्काको परिवारले आफ्नी स्वर्गीय आमाको १५ औं दिनको पुण्यतिथीमा मानवसेवा आश्रमलाई आर्थिक र खाद्यन्न सहयोग गरेको छ ।

मंसिर १८ गते दिवागंत भएकी ८८ वर्षीया आमा अमृता देवी खड्काको सम्झनामा मानव सेवा आश्रममा सहयोग गरेको खड्का परिवारले बताएको छ ।

स्वर्गीय खड्का जेठा छोरा अनन्तबहादुर खड्का सहित छोराहरु प्रेम खड्का, दिपेन्द्र खड्का, छोरीहरु तेज कुमारी रोका, तुल कुमारी केसी, ओम कुमारी लामिछाने, केस कुमारी खड्का र अनिता केसीको सामुहिक व्यवस्थापनमा ४ हजार बरारको खाद्यान्न, १४ हजार ५ सय रुपैयाँ नगद र आश्रममा रहेका ३७ जना बालबालिका, अपाङगता भएका र वृद्ध वृद्धालाई पितृ प्रसाद स्वरुप एक छाक खाना खुवाइएको हो ।

खाद्यन्न र आर्थिक सहयोग हस्तान्तरण गर्दै अनन्त बहादुर खड्काले आफ्ना भाइहरु र दिदी बहिनीहरुले संयुक्त रुपमा आमाको स्वर्गबासको कामना सहित उहाँलाई स्मरण गर्दै आश्रममा सहयोग गर्ने निर्णय गरे अनुसार सहयोग गरेको बताउनुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्वर्गीय अमृता देवी खड्का र उहाँका स्वर्गीय श्रीमान टिकाबहादुर खड्कालाई स्मरण गर्दै उहाँहरुले समाजको लागि पु¥याउनुभएको योगदान अतुलनिय रहेको बताउनुभएको थियो ।

जिसीले कृषि, सहकारी र शैक्षिक क्षेत्रमा स्वर्गीय खड्का र उहाँको परिवारले पु¥याएको योगदानको उच्च मुल्याङकन हुनुपर्ने बताउनुभएको थियो । उहाँले मानवसेवा आश्रमले सडक मानव मुक्त समाज निर्माणको लागि थालेको कदममा सबैले सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक तथा इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तले बोल्नुभएको थियो । कार्यक्रम मानव सेवा आश्रमका सुमिरा लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *