राष्ट्रिय युवा संघ नेपालको काठेखोलामा संगठन विस्तार

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ नेपालले काठेखोला गाउँपालिकामा संगठन विस्तार गरेको छ । संघले गाउँपालिकाको सबै वडाहरुमा संगठन विस्तार गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संघीय सांसद मनकुमारी केसीले पार्टीलाई बलियो बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले पार्टीको भातृ संगठन बलियो भयो भने मात्रै सिंगो पार्टी बलियो बन्ने भन्दै युवा संगठित र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य हिराबहादुर केसी, बागलुङका सचिव ज्ञामनाथ गैरे, जिल्ला सदस्य हुमाकुमारी जिसी अञ्जु, कृष्ण थापा, नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्की र राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक रेशम घर्ती मगर लगायतले मनतव्य राखेका थिए ।

संघको वडा नम्बर १ मा प्रेम किसान संयोजक, रत्ना किसान सह–संयोजक, वडा नम्बर २ मा राजेश थापा संयोजक, नविन थापा सह–सयोजक, वडा नम्बर ३ मा सन्त आले संयोजक, शिव भण्डारी सह–संयोजक, वडा नम्बर ४ मा ओमकार थापा संयोजक सह–संयोजक चयन भएका छैन् ।

No description available.

त्यस्तै वडा नम्बर ५ मा नारायण विक संयोजक, समिक्षा नेपाली सह–संयोजक, वडा नम्बर ६ का गंगाबहादु विक संयोजक, सुजन कँडेल सह–संयोजक, वडा नम्बर ७ मा डिलबहादुर कार्की संयोजक, महेन्द्र कार्की सह–संयोजक र वडा नम्बर ८ मा देवबहादुर श्रेष्ठ संयोजक र पूर्णबहादुर पुन सह–संयोजकमा चयन भएका छन् ।

No description available.

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल काठेखोला गाउँपालिका अध्यक्ष खडक विकको अध्यक्षता, सह–संयोजक महेन्द्र लामिछानेको स्वागत र इन्चार्ज प्रेम केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *