संसद विघटनविरुद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियूद्वारा बागलुङमा विरोध

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियूले बागलुङमा विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैर संवैधानिक भन्दै नेकपाका जनवर्गीय संगठनहरु विरोध गरेका हुन् ।

आइतबार साँझ बागलुङ बजारको धौलागिरी चोकमा विरोध कार्यक्रम गरेका थिए । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको प्रतिगामी सिफारिस कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *