नेवि संघद्वारा बागलुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

आदर्श अनलाइन, बागलुङ
बागलुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

नेपाल विद्यार्थी संघले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
संसद विकटन गरेर निरङ्कुशता निम्त्याएको उनीहरुको आरोप छ ।

पुत्ला दहनपछि बोल्दै नेपाल विद्यार्थी संघ बागलुङका धौलागिरि क्याम्पस इकाई सभापति दिनेश पन्तले सर्वसत्तावाद लाद्ने प्रयास अनुरुप संसद विघटन गरिएको भन्दै यसको सशक्त प्रतिकार गरिने बताए ।

‘प्रधानमन्त्रीले केपि ओलीले श्री ३ बन्ने चाहाना अनुसार जननिर्वाचित संसद विघटन गरेर निरङ्कुशता लाद्ने कोसिस गरेका छन्,’ उनले भने,‘यसले गर्दा लोकतान्त्रिक गणतन्त्र र संघीयता लगायत अहिलेको संविधान माथि नै धावा बोल्ने काम भएको छ ।’

प्रधानमन्त्रीले चालेको गैरजिम्मेवारपूर्ण कदमको सबैतिरबाट ससक्त प्रतिवाद हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रमको सञ्चालन धौलागिरि बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनबहादुर थापा मनिषले गरेका थिए ।

प्रधानमन्त्री पुत्ला जलाउँदै नेविसंघका कार्यकर्ताले वर्तमान सरकार, प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्रीको हरेक गलत कदमलाई राष्ट्रपतिले साथ दिएको उनीहरुको आरोप छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *