सहज सहकारीले दियो आगलागी पीडित शेयर सदस्यलाई राहत

आदर्श अनलाइन, बागलुङ
सहज बचत तथा ऋण सहकारी संस्थाले आगलागी पीडित शेयर सदस्यलाई राहत रकम हस्तान्तरण गरेको ।

सहकारीका शेयर सदस्य विर बहादुर श्रेष्ठले सञ्चालन गर्दै आउनुभएको अस्मिता कपास उद्योगमा दुईहप्ता अघि आगलागी भएर रु. २२ लाखको क्षति भएपछि संस्थाको नियम अनुसार रु. ५ हजार राहत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाले शेयर सदस्यको आपत विपद्मा रानो भएपनि राहत रकम सहयोग गर्दै आएको संस्थाका अध्यक्ष पुष्प गिरीले जानकारी दिनुभयो ।

संस्थाले आइतबार शेयर सदस्यलाई संस्थाका अध्यक्ष पुष्प गिरी, सह–सचिव तेज बहादुर कुँवर, कोषाध्यक्ष देबी कुमारी शर्मा र शेयर सदस्य गंगा घर्तीको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *