रायडाँडाको शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण थालियो

आदर्श अनलाइन, बागलुङ

भुकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडा स्थित शान्ति बौद्ध बिहार गुम्बाको पुनःनिर्माण थालिएको छ ।

२०७२ सालको भुकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न थालिएको छ । रायडाँडाको हलहले स्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बिहार बौद गुम्बाको साझेदारीमा पुनःनिर्माण थालिएको हो ।

२०६२ सालमा स्थापना भएको उक्त गुम्बा ७० सालमा विधिवत दर्ता भएर सञ्चालनमा आएपनि २०७२ सालको भुकम्पले क्षति पु¥याएका कारण पुनःनिर्माण गर्न थालिएको राष्ट्रिय पुन : निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार रु. ६१ लाखको लागतमा ८०० वर्ग मिटर गुम्बा निर्माण गर्न थालिएको हो । रु. ६१ लाख मध्ये प्राधिकरणले रु. ४० लाख र रु.२१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिनेछ ।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भुकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका लागि पहल थालिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भुकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध बिहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।

‘रायडाँडामा ६२ सालदेखि सञ्चालनमा आएको गुम्बा भुकम्पले क्षति पु¥याएको थियो’ थापाले भन्नुभयो ‘क्षति पु¥याएको गुम्बा भत्काएर नयाँ निर्माणको काम थालेका छौं ।’

पहिला सानो ढुङ्गामाटोको गुम्बा भत्किएका कारण पुनःनिर्माण थालिएको हो । यही असार १० गते सम्म सक्नेगरी भुकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण संग सम्झौता भइसकेको छ ।

गुम्बा निर्माणको लागि अपुग रु. २१ लाख मध्ये केही बजेट बागलुङ नगरपालिका संग समेत माग गरिएको रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मुर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *