लामिचौरको दलित बस्तिमा खानेपानीको हाहाकार

आदर्श अनलाईन, बागलुङ

हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ–‘तपाई हामीलाई भोट दिनुहोस हामी पानी दिन्छौं ।’ बागलुङ नगरपालिका–८ सिगाना लामिचौर दलित बस्तिमा बर्सौदेखि खानेपानीको चरम संकट भएपछि निर्वाचन ताका यही नारा घन्किएपनि हालसम्म पानी आउन सकेको छैन ।

चुनावताका भोटबैंकको रुपमा चिनिदै आएको दलित बस्तीकै कारण धेरैले चुनाव समेत जित्दै आएका छन् । तर चुनावताका गरिएको खानेपानी पु¥याउने बाँचा भने अझै पुरा हुन सकेको छैन ।

बागलुङ नगरपालिका भित्रकै सबैभन्दा बढी सुक्खा ग्रस्त क्षेत्रका रुपमा चिनिएको लामिचौर दलित वस्ती खानेपानीको सपना दुई दशक वित्दा समेत पुरा हुन सकेको छैन । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुल जस्तै बन्दै गएका छन् । हरेक हिउँदामा पानीको प्यास मेट्न नपाएको लामिचौर गाउँ चुनावी नारामा भने घरघरमै पानीका धारा आउने गरेका छन् । २०० भन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।

२०५० साल भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मत सम्भार नहुँदा जिर्ण अवस्थामा छ । २०० घर परिवारमा जम्मा छ वटा मात्रै सामुदायिक धारा रहेका छन् । त्यही धारामा समेत वर्खाको समेयमा पानी आउने र हिउँदाको समयमा अक्कल झुक्कल मात्रै खानेपानी आउने गरेको स्थानीय मन बहादुर नेपालीले जानकारी दिनुभयो । रेशको बौरमुनीबाट ल्याएको खानेपानी अहिले मर्मत संभार समेत नहुँदा मुहान सुक्दै गएको छ ।

“कहिले सम्म दलित बस्तीले खानेपानीको अभाव झल्दै आउने” नेपालीले भन्नुभयो “नगरपालिकाको अन्य स्थानमा खानेपानीको पहँुच पुग्ने, हाम्रोमा किन भएन, यो त दलित माथिकै शोषण भएको छ ।”

वर्खामाको समेत वस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ । हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिनजाने गरेको स्थानीय समुदायले जनाएको छ । उपल्लो बस्तिमा आउने पानी तल्लो बस्तीमा नआउने भएपनि कसैको चासो नहुँदा वर्षौदेखि दलित वस्तीले खानेपानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जन कुमार सिंह विश्वकर्माले दुखेसको गर्नुभयो ।

“त्यसठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो हाल सम्म सार्थकता पाउन सकेको छैन” त्यही पानी उपल्लो बस्तीमा पुग्छ, तर हाम्रो बस्तीमा आउदैन,” विश्वकर्माले भन्नुभयो “नयाँ स्रोतको पहिचान आवश्यक छ, छिमेकी गाउँले स्रोत नदिएपछि लिफ्टको विकल्प छैन ।” उहाँले हरेक राजनीतिकर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै १५ वर्ष भन्दा बढी भएको बताउनुभयो ।

स्थानीयले निर्वाचनताका मात्रै खानेपानी ल्याउने प्रतिबद्धता थियो, यसपटकको स्थानीय निर्वाचनका पालामा खानेपानी ल्याउने भनेपछि आशा जागेको भएपनि यसपकट समेत निर्वाचनको तीन वर्ष पुग्नै लागेको गुनासो गर्दै आएका छन् । अब अर्कोचुनावमा पानीको एजेण्डा लिएर दलित वस्तिमा नछिर्न स्थानीय युवा दिलिप खातीको सुझाव छ ।

खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडी बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरपालिकाभर मेरो कार्यकाल सकिदा सबै घरमा एक घर एक धारा बनाउने अभियान छ, धेरै संकटग्रस्त क्षेत्रमा खानेपानीको समस्या समाधान भइसकेको छ” पौडेलले भन्नुभयो “सिगाना लामिचौरको सन्र्दभमा धेरै समय लाग्यो तर आफ्नो कार्यकालभित्र घरघरमा धारा पु¥याएरै छाड्छु ।”

झण्डै रु. एक करोडको लागतमा खानेपानी ल्याउने गरी डिपिआर तयार भएपनि मुहान नुहँदा सायकोटको ६५ घरमा गत वर्षनै धारा पु¥याइएको भएपनि दलित वस्तिका लागि काठेखोला गाउँपालिका–७ रेश खानीदुलोबाट लिफ्ट खानेपानीको आयोजना अगाडी बढेको लामिचौर सायकोट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार मुहान पहिचान र सम्झौता भएकाले ढिलैभएपनि खानेपानी पु¥याउने आश व्यक्त गर्नुभयो ।

प्रदेश सरकारबाट तीन पटक सम्म बजेट आए पनि मुहान नहुँदा कार्यानवयन हुँन नसकेपनि अहिले आयोजना स्थलमा मोटरबाटो पु¥याउने कार्य भइरहेको र अब दलित बस्तिमा खानेपानी पु¥याउने आश पलाएको वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट यो वर्ष ११ लाख बजेट आउपनि आयोजना अगाढी बढेमा बजेटको कमी नहुँने प्रदेशबाट प्रतिबद्धता आएको वडा अध्यक्षको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *