संविधान खारेज हैन पुर्नलेखन हुनुपर्छ

आदर्श अनलाइन, बागलुङ
२०७२ सालको संविधान व्यवहारिक नभएको भन्दै संविधान पुर्नलेखन गर्न अवाश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनिहरुले संविधानमा भएका अधिकार र कर्तव्य जम्मा २५ प्रतिशत मात्रै कार्यान्वयनमा गएको भन्दै थप व्यवहारिकता गराउन पुर्नलेखन गर्न आवश्यक रहेको उनिहरुको भनाई रहेको थियो ।

नेपालको संविधान जारी भएको ५ बर्ष सम्मको सफलता र असफलता बारे बागलुङका केही राजनीतिक दलले छलफल गर्नेक्रममा संविधानले सुनिश्चतता गरेको धेरै कुरा व्यवहारीकतामा आउन नसकेको बताएका थिए । जनता पार्टी नेपालले बागलुङ बजारमा सोमबार आयोजना गरेको छलफल कार्यक्रमा संविधानमा उल्लेख भएका धेरै कुरा कार्यान्वयनमा आउन नसक्नु दुखद् भएको जिकिर गरेका छन् ।

जनता पार्टी नेपालका अध्यक्ष तिलक रिजालले संविधानमा धर्मनिरिपेक्ष नेपाल भनेपनि नेपालमा हिन्दु संस्कार नहट्ने भन्दै संविधानमा हिन्दु र बुद्ध धर्मालम्बीको राष्ट्र लेख्नुपर्ने बताउनुभयो । ‘संविधानका सबै मोलिकहक राम्रा भएपनि कार्यान्वयन नहुँनु, संबैधानिक आयोग नबन्नुले संविधान कार्यान्वयनमा चुनौती थपिएको छ’ रिजालले भन्नुभयो ‘संविधानको पुर्नलेखन गरी व्यवहारमा आउन नसक्ने कुरा हटाएर हिन्दु र बोद राष्ट्र लगायतका कुरा थप्नु पर्नैछ ।’

रिजालले संसद विघटन असंवैधानिक भएको समेत दाबी गर्नुभएको छ । बिश्व बजारलाई चाहिने शिक्षा भन्दा व्यवहारिक शिक्षा ल्याउन, मन्दिरमा शिक्षक नराख्न, नयाँ गत्तव्य मुलुक खोज्नु भन्दा संविधानले उल्लेख गरेको स्वरोजगारलाई जोड दिनुपर्ने उहाँको धारण रहेको छ ।

अन्तरसर्वपक्षिय सर्वदलिय अन्तरक्रिर्या कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्म कुँवर, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य यामबहादुर श्रीष, नेकपा मालेका निरबहादुर क्षेत्री र राप्रपाका सह–अध्यक्ष शैलेन्द्रबहादुर श्रेष्ठ लगायतले असंवैधानिक गतिविधि रोकेर मुलुकको हितमा संविधान अनुसार काम गर्न आग्रह गरेका थिए ।

वक्ताहरुले अहिलेको सरकारले संविधानको हत्या गरेको समेत आरोप लगाएका थिए । कार्यक्रमको अध्यक्षता जनता पार्टीका जिल्ला संयोजक योगेन्द्र बहादुर बस्नेत र सन्चालन महामन्त्री चन्द्र सुर्यले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *