मान्छेको पिसाब बिक्री: म्याग्दीमा गाउँपालिकाले थाल्यो अभियान

आदर्श अनलाइन, म्याग्दी

जिल्लामा पहिलो पटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरिएको छ ।

मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको छ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । गाउँपालिकाको वडा नं ५ अर्मनको शिशु कल्याण माविमा विगत दुई वर्षदेखि शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने र त्यसलाई बिक्री गरी आयआर्जन गर्ने गरिएको छ ।

त्यहाँका किसान पनि मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । म्याग्दीमा नै पहिलोपटक मङ्गला गाउँपालिका–५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् । शिशु कल्याण मावि अर्मनका प्रधानाध्यापक चित्रबहादुर बुढाथोकीले विद्यालयले अहिलेसम्म ३१ जर्किन मानव मूत्र बिक्री गरिसकेको र मानव मूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।

मङ्गला गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानव मूत्र सङ्कलनका लागि प्लाष्टिकको ग्यालिन ९जर्किन० राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवाले समेत जर्किन ९ग्यालिन०मा गर्ने गरेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको रोकाले बताउनुभयो । “मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो”, आदर्श अनलाइनसँग भन्नुभयो, “हामीले पनि यस्तै गर्नसके किसानलाई सहज हुन्छ भनी तालीम दियौँ । किसान हौसिएका छन् ।”

अध्यक्ष रोकाका अनुसार एउटै परिवारका सदस्यको पिसाब सङ्कलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महीनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुआतमा स्थानीयले जर्किन वा ड्रममा पिसाब सङ्कलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिनेछ ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानव मूत्रसम्बन्धी पाँच दिने तालीम दिइसकेको छ । तालीम पछि किसानले मानव मूत्रबाटै तरकारी फलाउने प्रतिबद्धता व्यक्त गरेका बानियाँले जानकारी दिनुभयो। प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र सङ्कलन गर्दा राम्रो हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *