पर्वतका चार नेता ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यमा मनोनित

आदर्श अनलाइन, पर्वत
नेकपा पर्वतका चार नेता केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।

नेकपा प्रदेश कमिटि सदस्य समेत रहेका गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, नेकपा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य पदम गिरी र जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेल, र  प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो ।

आज विहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उहाँहरु लगायत केन्द्रीय कमिटिमा ५५६ जना थप गरिएको थियो । नेकपाको एकता महाधिवेशन आगामी मंसिर २ गते तोकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *