आदर्श सञ्चारद्वारा रेशमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य कल्पना जिसी र रत्ना कुमारी जिसीका ससुरा आमा तथा कर्मचारी रम कुमारी कार्कीकी हजुरआमा काठेखोला गाउँपालिका–७ रेश निवासी टुल्की जिसीको निधन भएको नवौ दिनको पुण्य तिथि पारेर मंगलवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

जिसीको मंसिर २९ गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका पूर्व सचिव तथा काठेखोला गाउँपालिकाका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने तथा पूर्व सञ्चालक युवराज गौतमले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने १० हजार रुपैया मृतकका आफन्तलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ । शेयर सदस्यहरुको परिवारमा पर्ने अप्ठेरोमा संस्था सारथी बन्नु पर्छ भन्ने सोचका साथ सदस्यका एकाघर सदस्यको निधनमा संस्थाको नेतृत्व घरमै पुगेर समवेदना प्रकट गर्ने तथा सदस्य राहत खाताबाट मृत्यु राहत रकम सहयोग गर्दै आएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

हालै सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभाबाट शेयर सदस्यका परिवारका सदस्यको निधनमा गरिने मृत्यु संस्कारका लागि १ लाख रुपैयासम्म तत्काल कर्जा उपलब्ध गराउने र उक्त कर्जाको १ महिनाको ब्याज नलिने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *