प्रधानमन्त्री बिरुद्ध बागलुङमा समाजवादीकाे पार्टी प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका विरुद्धमा जनता समाजवादी बागलुङले प्रर्दशन गरेको छ ।
संसद विघटनपछि जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली चालेको कदमका विरुद्धमा बुधबार बागलुङ बजारमा विरोध जनाएको हो ।

संसद विघटनको विरुद्धको प्रर्दशनमा बोल्दै समाजवादी पार्टी बागलुङ अध्यक्ष चित्र सापकोटाले संसध विघटन जनमत माथिको धोका भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदममन विरुद्धमा समाजवादी पार्टी बागलुङले लोकतान्त्रीक चोकमा प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेको छ । ओली कारण देश डुब्ने अवजस्था आएकाले तत्कालै गल्ती सञ्चाउनुपर्ने समाजवादी पार्टीको माग रहेको छ ।

प्रधानमन्त्री ओलीले निरङ्कुश रहेको भन्दै समाजबादी पार्टी बागलुङका अध्यक्ष सापकोटाले गलत निर्णय तुरुन्तै सञ्चाउन सडकबाट दबाव दिन थालिएको बताउनुभयो । विरोध कार्यक्रमको सञ्चालन जनता समाजवादी पार्टीका गण्डकी प्रदेश समिति सदस्य कृष्ण सापकोटाले गर्नुभएको थियो ।

समाजवादी पार्टीले संसद विघटनको विरोधमा बिहीबार मसाल जुलुस प्रदर्शन गर्ने जानकारी दिएको छ । विरोध प्रर्दशनमा पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *