बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाको पर्यटन विकासका लागि ६० योजना कार्यान्वयनमा ल्याउन थालेको छ ।

बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा ७ वटा योजना छनोट गरे पनि आर्थिक वर्ष २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

गत वर्ष ७ योजनामा विनयोजन भएको पाँच करोड २४ लाख बजेट मध्ये कोरोनाका कारण जम्मा २ करोड ४४ लाख रकम खर्च भएको थियो ।

गत वर्षको तुलनामा यसवर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि ७ करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम सुरु गरिएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।

लम्सालका अनुसार भ्यू टावर, पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदान लगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् ।

“गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यसवर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउदैछन्, धेरै योजनाको काम शुरु भएको छ” मन्त्री लम्सालले भन्नुभयो “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधार लगायतका योजना म आफै पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पु¥याउनेछौं ।”

मन्त्रालयका अनुसार ६० योजना उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालय अन्र्तगत कार्यान्वयनमा आउन थालेका हुन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटन सम्बन्धी कार्यक्रम पोखरी संरक्षण, गल्छी तथा पहिरो नियन्त्रण, भू–संरक्षणमैत्री पदमार्ग लगायतका संरचना निर्माणका लागि १४ वटा योजनामा एक करोड ६३ लाख ५० हजार विनियोजन भएर काम शुरु भइसकेको छ ।

यस्तै, पर्यटन कार्यालय पोखरा मार्फत घरबास अनुदान, पदमार्ग, पर्यटकीय स्थलमा पूर्वाधार लगायतका १९ वटा योजनामा तीन करोड १७ लाख ५० हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो ।

“बागलुङमा पर्यटनको धेरै सम्भावना भएकाले धेरै योजना समावेश गरिएको हो” रिजालले भन्नुभयो “यो वर्ष ६० योजना कार्यान्वयनमा आउदा पर्यटनका क्षेत्रमा आधारभूत उपलव्धी हासिल हुनेछन् ।” आगमी वर्ष समेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाई छ ।

डिभिजन वन कार्यालय मार्फत यस आर्थिक वर्षमा २७ वटा योजनामा दुई करोड ७४ लाख ३३ हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनोट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ७ वटा योजनामा छुटइएको पाँच करोड २४ लाख मध्ये २८ वटा सामुदायिक होम स्टेका लागि १० लाखका दरले छुट्याइएको दुई करोड ८० लाख बजेट कोरोनाका कारण खर्च नगरी कोरोना नियन्त्रणमा खर्च गरिएको थियो ।

भू तथा जलाधार मार्फतका योजना
बागलुङमा संघीय सशर्त तर्फको गल्छी तथा पहिरो नियन्त्रणका लागि ४० लाख, प्रदेश सरकारबाट संवेदनशील जलाधार क्षेत्रको संरक्षणका लागि ५५ लाख, गाइथुने जैमिनी हाडीकोट पर्यटकीय गन्तव्यको पूर्वाधार विकास यसका लागि ४० लाख, लिग्दीदेखि ज्ञानोदय विद्यालय सम्मको भू–संरक्षणमैत्री पैदलमार्ग निर्माण बरेङ ३ बाटाकाचौर, बागलुङ कालिका पर्यटकीय पूर्वाधार विकास, मल्मदेखि घुम्टेसम्म भू–संरक्षणमैत्री पैदलमार्ग गलकोट, एयरपोर्ट–बहुपुर्छा भू–संरक्षणमैत्री पैदल मार्ग बागलुङ नगरपालिका, पञ्चायन पर्यटकीय क्षेत्र विकास बानपा–३, काठेखोला वडा नं. ८ बाट गाजाको धुरी सम्म पदमार्ग, मालढुङ्गा देखि दह जाने पदमार्ग, कौडीडांँडा पदमार्ग निर्माण, भू–संरक्षणका लागि तारजाली वितरण २० लाख रकम विनियिोजन, कुवा तथा पानी मुहान संरक्षण, बाँस लगायत अन्य बिरुवा उत्पादन तथा वितरणका लागि छ लाख ६३ हजार गरी समग्रमा भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट एक करोड ६३ लाख ३० हजार विनियोजन भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा कोडे डाँडा पदमार्ग निर्माण गर्न ५ लाख, प्याराग्लाइडिङ पूर्वाधार बलेवामा २० लाख, काठेखोला–८ देखि गाजाको धुरी पदमार्ग निर्माण गर्न १५ लाख, गाजाको दह मर्मत ५ लाख, मल्म–घुम्टे पदमार्ग बनाउन १०, एयरपोर्ट–बहुपुर्छा पदमार्ग ५ लाख, पाञ्चमान पर्यटकीय क्षेत्र ५ लाख, जैमिनी–बिनामारे–माइथान पदमार्ग १० लाख, देवल मन्दिर जैमिनी–५ मा ५ लाख, विपी स्मृती पार्क निर्माण गर्न ५ लाख, पञ्चकोट पर्यटकीय पदमार्ग ७ लाख ५० हजार, शहिद पार्क ताराखोला १० लाख, पाकोट हिल पार्क जैदी ५ लाख, मोतिमोर बराहताल पर्यापर्यटन ताराखोला १० लाख, नाङ्गेको धूरी पर्यटन पूर्वाधार २० लाल, भैरवस्थान पर्यटन पूर्वाधार २० लाख, चमेरे गुफा पर्यटन पूर्वाधार २० लाख, बेलढुङ्गा–पञ्चकोट पदमार्ग २० लाख, होम–स्टे पूर्वाधार विकास १० वटालाई एक करोड २० लाख विनियोजन भएर काम अगाडि बढेको छ ।

डिभिजन वन कार्यालय बागलुङ मार्फतका योजना

ताराखोला गाउँपालिकाको शहिद पार्क ताराखोला १० लाख, मोतीमोर बराह तालमा पर्यापर्यटन कार्यक्रम ताराखोला १० लाख, जैमिनी नगरपालिकामा हिलपार्क जैदी ५ लाख, देवल मन्दिर क्षेत्रमा पर्यापर्यटन उद्यान निर्माण, जैमिनी ५ विनामारे ५ लाख, काठेखोला गाउँपालिका बेलढुंगा÷पञ्चकोट÷शालिग्राम संग्रहालय पर्यटकीय पदमार्ग, बागलुङ नगरपालिका २० लाख, भैरवस्थान मन्दिर तथा भकुण्डे, बानपा १२, बागलुङ २० लाख, शहरी हरित पार्क स्थापना बा.न.पा. १२ अमलाचौर १० लाख, वीपी स्मृति पार्कको पर्यटकीय विकास तथा व्यवस्थापन ५ लाख, बहुबर्षिय बिरुवा उत्पादन तथा वितरण १० लाख, हरियाली पर्यापर्यटन उद्यान नारायणस्थान बलेवा १० लाख, साउको डिल हरियाली उद्यान रामरेखा १० लाख, कालापानी हरियाली उद्यान निर्माण गर्न १० लाख, पञ्चकोट पर्यटकीय पदमार्ग विकास ७ लाख ५० हजार, निसीखोला गाउँपालिका नाङ्गेधुरी, निसीखोला २० लाख, बडिगाडको चमेरे गुफा २० लाख, ढोरपाटन नगरपालिका हरियाली उद्यान निर्माण बुर्तिबाङ १० लाख, गलकोट नगरपालिका भगत सर्वजित हरियाली उद्यान निर्माण गलकोट स्थित ६ लाख ८३ हजार तथा कृषि वन विकास तथा विस्तार कार्यक्रम १० लाख, विद्यालय परिसर हरित प्रर्बद्धन कार्यक्रम १० लाख, जडिबुटी खेतीका लागि अनुदान १० लाख, विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माण १० लाख, एक सामूदायि वन एक संरक्षण पोखरी निर्माणमा १० लाख, अनुत्पादक तथा हैसियत बिग्रेको वन क्षेत्रमा उच्च मुल्यका रुख तथा फलफूल प्रजातीको बृक्षारोपणमा ५ लाख, सहकारी मार्फत जडिबुटी उत्पादन खेती विस्तार भण्डारण प्रशोधन र बजारीकरण १० लाख, पकेट क्षेत्रमा जडिबुटी उत्पादन, खेती विस्तार, भण्डारण १० लाख, पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार ५ लाख विनियोजन भएको छ ।

यस्तै, गत वर्ष गलकोट नगरपालिका–११ उदय बुद्ध बिहारमा पर्यापर्यटन कार्यक्रम अन्र्तगत ४ लाखको कार्यक्रम सम्पन्न भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *