प्रचण्ड-नेपाल पक्ष शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने, २५ सय १ सदस्यीय आन्दोलन कमिटि

आदर्श अनलाइन, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

२५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ ।  प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न समिति बनाइएको हो ।आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालय बनाइने तयारी छ । 

संसद ज्युँदै छ भन्ने सन्देश दिन  सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएता पनि निर्णय हुन सकेको छैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *