याम बहादुर थापा मगर
लकडाउनको डायरी लेख्ने क्रममा फुर्सदमा हेर्ने फिल्म, अध्ययन गर्ने किताब,चेतनामुलक डकुमेन्ट्री लगायत गित संगीतको भरपुर सहयोग र सहायताका कारणले महाविपतीको कहर टार्ने काम भए सँगै भोलीको अनिश्चितता,अनिदो पहाड रुपी जीवनशैली सञ्चालनका लागि विवश भएर सोच्न बाध्य बनाएको छ ।
अहिलेसम्मका खोज, अनुसन्धान, विश्लेषण, ज्ञान, विवेक, शासन पद्धतीमा ह्रास आएको समयमा कोरोना भाइरसले महामारीको रुप लिइरहदा किन अझै मानिसमा आणविक अस्त्र शस्त्रको होडबाजी कायम रहेको होला भनेर चकित हुनु परेको छ । स्वास्थ्य क्षेत्रमा गरेको खर्चलाई लगानीको रुपमा लिई कोरोना भाइरसका बिरुद्धमा लड्ने खोप वा औषधी कहिले विश्वमा बन्ला भनेर विश्व मानव जगत वैज्ञानिकसँग छिटो खोज अनुसन्धानको प्रतिवेदन र प्रतिफल सुन्न र बुझ्न आतुर छन् । मानव जीवन र जगतको त्राहीपुर्ण शैलीमा खाली अर्थशास्त्रको मात्र चिन्ताले बहस पाएको आलेखहरु पढ्न पाइन्छ । तर, विश्वको राजनीतिशास्त्रका सिद्धान्त, बाद, नीति समेत असफलताको कारक तत्व बनेका समेत छन् की ? समाजशास्त्र,मानवशास्त्रका सिद्धान्त,परिभाषाहरु समेत भौतिक दुरी कायम गराउने हिसावले सामाजिकीकरणको प्रक्रियालाई कसरी जनस्तरमा लैजाने हो ? अबको युवा पिढीलाई राजनैतिक चिन्तन शुन्यताबाट मुक्त हुन नदिनका लागि ठोस कार्यक्रम र विचार शैलीको अनुशरण कसरी गराउने हो ?
कोरोना भाइरसको औषधी बाहेक अरु उत्पादित औषधीहरु बिरामीको पहुँच पु¥याई दीर्घ जीवन बाँच्ने र बचाउने पो कसरी हो भन्ने बारेमा बहस र छलफल हुनु पर्ने बेलामा खोप आएको छ । नेपाली गरीबको शरिरमा कसरी कोरोना बिरुद्धको उपचारमा उपयोग हुने हो भन्ने सर्वत्र चासो बिषय बनेको छ । कोभिड–१९ ले अबका दिनमा नागरिकले कसरी जुध्न लाग्नु पर्ने भन्दा पनि जर्बजस्ती खुल्ला हुने हो की भन्ने चासोको विषय बनेको छ ।
कोरोनाको महामारीको बीचमा राजा आउ देश बचाउ भन्ने गणतन्त्र बिरुद्ध आवाज सडकमा बलजफ्ती आएको छ । कोरोना रोग नभएको भान जुलुस हुँदाको समयमा प्रत्यक्ष देख्न सकिन्थ्यो है । नेपाली कांग्रेस पार्टीले प्रतिपक्षको भूमिका भन्दा पनि कोरोनाको कहरका कारण खरो रुपमा शक्ति प्रदर्शन गर्नमा पछाडी प¥यो ।
बालबालिकामा कोरोना
विद्यालय बन्द भए पछि बालबालिका मोबाइल र इन्टरनेटमा झन् लिप्त हुन थाले । बालबालिकालाई कसरी सामाजिकीरण गर्ने भन्ने चिन्ता समाजशास्त्री र मानवशास्त्रीले नयाँ सिद्धान्त,विधी,शैली,नियम, खोज, अनुसन्धान गर्नु पर्ने भएको छ । मास्क लगाएर हिँड्नु पर्ने जनमतको विकास र विस्तार भएको छ । जुम कक्षाको पढाइ भन्दा भौतिक उपस्थितिमा हुने कक्षा कोठाको पढाई र सिकाइ नै राम्रो हुने रहेछ भन्ने सिकाइ भयो । स–साना बाबुनानीहरुका लागि जुम पढाइ प्रभावकारी नभएको कटु तितो यर्थाथता रह्यो । गृहकार्य चेकजाँच गर्नका लागि समेत अप्ठयारो भएको अवस्था छ । बालबालिकामा कोरोना कहरको सिकाइ हुन नपाउदै होटल,बजार,यातायात,विद्यालय सबै खुल्न थाले पछि खुल्ला समाजमा रुपान्तरण भइसकेको अवस्था छ । क्वारेन्टाइनमा बस्नु र आइसोलेसनमा व्यवस्थापनको तल्लो तहको सिकाइ अब विद्यार्थी,बालबालिका तहमा गराउनु पर्ने भएको छ । किनकी बालबालिकाले सिकेमा छिटो समुदाय तह र तल्लो तहमा प्रयोगात्मक सिकाइ हुन सक्दछ ।
ग्रामीण बस्तीमा कोरोना कहर
गाउँ नै गाउँले भरिएको देश नेपालमा शहर भन्दा ग्रामिण बस्तीलाई कोरोना कहरबाट सुरक्षित मानिएको छ । शहरबाट अधिकांश मानिसहरु सुरक्षित हुनका लागि गाउँ प्रवेश गर्ने लहरका कारण गाउँ समेत कोरोना कहरबाट अछुतो रहन सकेन । ग्रामिण भेगमा मौसम अनुसार खेतीपाती गर्ने परम्परालाई कोरोना कहरले छेक्न सकेन । गाउँमा रहेका बस्ती कोरोनाका लागि छरिरहेको बैज्ञानिक बसाइ सावित हुन पुग्यो । लकडाउनको समयमा पुरा शहर सुनसान भई गाउँ नागरिकको उल्लेख्य उपस्थितिले चहल पहल र हराभरा भएको थियो । कोरोना संक्रमित परिवारलाई धेरै हिनताबोध हुने किसिमले अभद्र र अपाच्य व्यवहार गर्न समेत भ्याए । मलामी जाने सँस्कारको अन्त जस्तै भएको छ की कोभिड १९ का कारणले मृत्यु भएको बखतमा । अब सदैवका लागि ग्रामीण बस्ती सुरक्षित बनाउने र बाँझो जमिनलाई उर्वर बनाइ देशको अर्थतन्त्रमा टेवा दिनका लागि जरुरी भएको छ ।
कोरोना कहरमा पत्रकारिता
छापा मिडियाले नराम्रो सँग हावा खाएको छ । डिजिटल मिडियाले फैलने मौका पाएको छ । ग्रामीण भेगमा पत्रकारिताको महत्वलाई मोबाइलले कब्जा जनाएको छ । मोबाइल विनाको समय कल्पना समेत गर्न सकिदैन । पत्रकारीताबाट पेशा गर्ने गुजारा गर्नेहरु दैनिकी चलाउन समेत धौ–धौ भएको छ । नेपालका नम्बर–१ मानिने मिडिया हाउस समेत नराम्रो सँग खुम्चिएका छन् । भर्चुअलमा गएको जमाना भने पनि अशिक्षा र ग्रामीण बस्तीका कारण छापा मिडियाको आवश्यकता र महत्व नेपाली समाजमा केही समयका लागि महत्वपूर्ण रहेको कुरा जानकारीहरु प्राप्त हुने गर्दछ । समाचारको ज्ञान, प्रभाव, उज्यालोमुखीको प्रभाव हिसाव किताव अमुल्य सावित हुन्छ । ज्ञानको श्रोतमा तुषारापात हुने विधि,शैलीको विकास हुुनु समाजका लागि राम्रो होइन । राज्यको चौथो अंग भनेर चित्त बुझाउने नभई नागरिक तहमा उत्तरदायित्व, जिम्मेवारी, चेतना बोधगम्य बनाउनका लागि जरुरी भएको छ ।