बागलुङ महोत्सवको हिसाब सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

बागलुङ उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको बागलुङ महोत्सवको हिसाब एक वर्ष पछि सार्वजनिक गरेको छ ।

संघले गत वर्ष पौष ११ देखि २१ गतेसम्म गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवम् बागलुङ महोत्सव संचालन गरेको थियो ।

संघले बिहीबार प्रेस विज्ञप्ती मार्फत महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । महोत्सवबाट एक करोड १६ लाख ६९ हजार ३ सय ९५ रुपैयाँ आम्दानी गरेको छ भने ९४ लाख २२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठले जानकारी दिनुभयो ।

संघले आम्दानी भएको रकमबाट धौलागिरी बहुमुखी क्याम्पसमा ५ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरेको महासचिव नरेश कँडेलले बताउनुभयो । उहाँका अनुसार, २ लाख २२ हजार २ सय २२ रुपैयाँको आर्थिक खोज पत्रकारिता अक्ष्य कोष स्थापना, ५ लाख रुपैयाँको व्यवसायी उद्यमी कल्याणकारी कोष, ४ लाख रुपैयाँको मुल अक्ष्य कोष समेत स्थापना गरिएको छ ।

महोत्सवबाट अझै १ लाख ७५ हजार रुपैयाँ उठ्न बाँकी रहेको संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *