आपतमा जनवादी गायक शर्मा : छोराको उपचारमा खर्च अभाव

-सभासद् शान्ता चौधरीले गरिन् सहयोगको अपिल
आदर्श अनलाइन, काठमाडौं
जनजनको गीत गाएर स्थापित जनवादी गायक जीवन शर्मा यतिबेला ठूलो पीडामा हुनुहुन्छ ।

जीवनभर जनताका दुख र पीडाका गित गाउने यी जनगायकलाई यो दशैंमा सोच्दै नसोचेको दशा भोग्न प¥यो । खाना खानेक्रममा मासुको हड्डीले अन्न नलि छेडेर उनका सुपुत्र सिकिस्त बने । अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ ।

जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने जीवन शर्मालाई यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको देखिन्छ । यस्तो अप्ठ्यारो घडीमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले जीवन शर्मालाई भेटेर केही रकम हस्तान्तरण गर्नुभएको छ । सभासद् चौधरीले जनगायकलाई ‘तपाईं जनताको प्रिय मान्छे हो, हामी सबैको साथ तपाईंलाई रहनेछ भन्दै छोरा अमृत आचार्यको स्वास्थ लाभको कामना समेत गर्नु भएको छ ।’ धन नभए पनि मन हुने धेरै भएकाले नअतालिन समासद् शान्ता चौधरीलेश र्मालाई आग्रह गर्नुभयो । उहाँले जीवन शर्मालाइृ समस्यामा देखेपछि सबै नेपाली दाजुभाईहरुलाई उहाँलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

शर्मा दर्शन र राजनीति शास्त्रमा स्नातक, अंग्रेजी र मानवशास्त्रमा डबल एमए गरेर पनि सर्वहारा गायक हुनुहुन्छ । शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुनुहन्छ । । उहाँ नेपालको पहिलो संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने अहिले पनि सांसद हुनुहुन्छ ।,

दाङ, लक्ष्मीपुर निवासी २७ वर्र्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेर विद्रोह गरी सामाजिक कार्यमा सक्रिय हुनुभएको थियो । कमलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कमलरीलाई आँफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आँफ्नै तर्फबाट गरिदिनुभएको थियो । चौधरीले भूमि आन्दोलन गर्दा जमिन्दारले उहाँलाई दुख दिएर बस्ने घरमा समेत आगो लगाइदिएका थिए ।

जीवनभर जनताका गित गाउने गायक जीवन शर्मालाई भेट्न हस्पिटल पुग्दा शान्ता चौधरी निक्कै भावुक बन्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *