तनहुँमा भीरबाट लडेर पुरुषको मृत्यु

आदर्श अनलाइन, तनहुँ 
तनहुँको भीमादमा एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ ।

भीमाद नगरपालिका-७ चारघरे निवासी ६७ वर्षीय ओमबहादुर थापाको सोही वडाको चापगौरी खोलाको भीरबाट खसेर मृत्यु भएको हो ।

बुधबार घरबाट हिडेका थापा नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *