बागलुङमा बढ्यो प्रहरी सक्रियता, १०९ भरुवा बन्दुक बरामद


आदर्श अनलाइन, बागलुङ

अवैध भरुवा बन्दुक नियन्त्रणमा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ । जिल्ला प्रहरीले नागरिकको शान्ति सुरक्षामा खलल पु¥याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियान अन्र्तगत गाउँ गाउँमा रहेको अवैध भरुवा बन्दुक नियन्त्रणमा लिनेक्रम जारी भएसंगै स्थानीयले जंगलमा हतियार लुकाउन थालेका छन् ।

प्रहरीले पछिल्लो समय अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्र्रतिवादी पक्राउ गर्दै आएकोमा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तिब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो दुई महिनाको अवधीमा १ सय ९ थान हतियार बरामद गरिसकेको छ । असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हाल सम्म १ सय ९ थान बरामद गरेको जनाएको छ । बन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तिब्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

केही महिना देखि अहिले सम्म ५० हजार लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट, १५ हजार भन्दा बढी गाँजाको बोट र १३६ जना फरार प्रतिवादी पक्राउ गरेको उहाँले बताउनुभयो । भण्डारीका अनुसार, आइतबार मात्रै गलकोट र बडिगाडबाट १३ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । ‘समाजमा आपराधिक गतिविधि, झै–झगडा तथा हिंसाका घटनालाई शुन्य बनाउन आवश्यक छ’ भण्डारीले भन्नुभयो ‘हिंसा, अपराध तथा घर झगडाका कारक तत्वहरु मदिरा, हतियार र लागुपदार्थ लगायत भएकाले यसलाई निरुत्साहित गर्नका लागि लागि परिरहेका छौं ।’

फरार प्रतिवादी, भरुवा बन्दुक बरामद, गाँजा सहित पक्राउ लगायतका घटना बाहिर आउन स्थानीय तह र सामुदायिक प्रहरी सेवा केन्द्रको समेत सहयोग रहेको छ । अहिले गाउँ गाउँमा अवैध हतियार भए प्रहरी प्रशासन समक्ष बुझाउन सूचना समेत जारी गरेको छ । प्रहरीले अवैध बन्दुक नियन्त्रणलाई तिब्रता दिएसंगै जंगल, खोला किनारामा समेत भरुवा बन्दुक फेला पर्न थालेको प्रहरीको निरीक्षक भनाई भण्डारीको भनाई छ ।

आइतबार बरामद भएका १३ थान भरुवा बन्दुक सामुदायिक बन तथा खोला किनारामा फेला परेको उहाँले जानकारी दिनुभयो । आइतबार मात्रै जिल्लाको बडिगाड गाउँपालिका–१ तुन्डाँडा स्थित स्यानडाँडा सामुदायिक बनको घारीमुनी लुकाई राखेको ८ नाल भरुवा बन्दुक, बडिगाड गाउँपालिका–३ सिसाखानी स्थित लम्दीखोलाको किनारबाट २ नाल भरुवा बन्दुक र गलकोट नगरपालिका–९ स्थित कात्तिकेको जंगलमा २ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तिब्रता दिएसंगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जंगल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाई छ । ‘अहिले मात्रै भरुवा बन्दुक सहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ, एक फरार रहेका छन्’ उहाँले भन्नुभयो ‘पक्राउ पर्नुभन्दा जंगलमा लुकाउने र फाल्ने गरेको देखियो ।’ प्रहरीले भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको र एक जना फरार रहेको, अन्य भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । टोल टोलमा प्रहरीको गस्ती तथा निगरानी बढेसंगै आपराधिक क्रियाकलाप घट्दै गएको प्रहरी दाबी छ ।

कालिज, मृग, चितुवा लगायतका बन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएको भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ । भरुवा बन्दुक बरामदले तिब्रता पाएसंगै जंगलमा हुने अवैध चोरी शिकारी समेत घटेर गएको प्रहरीको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *