बागलुङका दश घरबासलाई एक करोड अनुदान

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु. एक करोड अनुदान उपलव्ध गराउन थालेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा समाुदायिक घरबास मध्ये १० वटा घरबास छनौट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनौट भएका छन् । ग्रामिण पर्यटन प्रबद्र्धनमा घरबासलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष २०७७÷०७८ मा बागलुङका १० घरबासले एक करोड अनुदान पाउन थालेका हुन् ।

मन्त्रालयले आह्वान गरेको सूचना बमोजिम बागलुङका ९ घरबास छनौट भइसकेको र एक घरबास छनौट हुँन बाँकी रहेको छ । अनुदान स्विकृत भएका घरबासले पूर्वाधार निर्माण गर्न रु. १० लाख पाउने र रु. २ लाख घरबास सञ्चालकले खर्च गर्नुपर्ने गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालययको प्रर्यटन महाशाखा प्रमुख डिल्लिराम रिजालले जानकारी दिनुभयो ।

“कोरोनाका कारण गत वर्ष अनुदान दिने दुई करोड ८० लाख रकम दिन सकिएन, यस वर्ष थोरै घरबासलाई अनुदान दिन थालिएको हो” रिजालले भन्नुभयो “अनुदान वापतको रकमले पूर्वाधार निर्माण पश्चात घरबासको सेवा तथा सुविधामा वृद्धि हुँने, पर्यटनमैत्री बातावरण बन्ने छ ।”

अनुदानका लागि छनौटमा परेका सामुदायिक घरबासहरुमा बागलुङ नगरपालिका–१० स्थित अतिथि सत्कार सामुदायिक घरबास, घकुण्डे सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको डोटा देउराली सामुदायिक घरबास र माहुरी झरना सामुदायिक घरबास, गलकोट नगरपालिका १० पाण्डवखानी स्थित सिद्धथान सामुदायिक घरबास, बरेङ गाउँपालिकाको सिग्दी सामुदायिक घरबास, गाजाको सिद्ध बराह सामुदायिक घरबास, ताराखोला गाउँपालिका–२ अगल स्थित किकल्टा सामुदायिक घरबास र निसीखोला सामुदायिक घरबास अनुदानका लागि छनौट परेका छन् । महाशाखा प्रमुख रिजालका अनुसार एक घरबास छनौटमा पर्न बाँकी रहेको छ । छनौटमा परेका घरबाँसले पर्यटन कार्यालय पोखरा मार्फत अनुदानका लागि प्रस्तावना सहित सम्झौता गरिसकेर अनुदान लिन थालेका छन् ।

सरकारले घरबास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन निर्माण गर्ने प्रस्तावनाको आधारमा घरबास छनोट गरिएको हो । सरकारले घरवास सञ्चालन गर्न अनुदान दिने रु. १० लाखको २० प्रतिशत अर्थात रु. दुई लाख सम्बन्धित घरवास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनुदान रकमबाट घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग प्रदर्शनीस्थल, पदमार्ग, बगैचा लगायतमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्वरोजगार सिर्जना गर्न घरबास प्रवद्र्धन गर्न आवश्यक रहेको भनदै गाउँ पर्यटनका लागि बजेटले सघाउ पुग्ने बताउनुभयो । यस अघि डिभिजन बन कार्यलयहुँदै आएको घरबास अनुदान कार्यक्रम अबदेखि पर्यटन कार्यालय पोखराबाट सञ्चालनमा आउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *