तमानखोलाको खोलेस्बाङमा आगलागी

आदर्श अनलाइन, बागलुङ

तमानखोला गाउँपालिका वडा नम्बर-२ मा आगलगी भएको छ ।

शुक्रबार बिहान स्थानीय टिकाराम घर्ती मगरले बारीमा काँडा पोल्ने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

आगो खोलेस्बाङको अप्ठ्यारो भिरमा लागेको हुँदा निभाउज सक्ने अवस्था नभएको स्थानीयको भनाई छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी खटिएको स्थानीय पुनम घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँले आगो नियन्त्रणभन्दा बाहिर गए खोलेस्बाङ गाउँ नै जोखिममा पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *