युरोपको प्रलोभनमा कतारमा अलपत्र

करिम बक्स मियाँर, दोहा
सदा झैं दुताबासका श्रम सहचारी कक्ष पीडितहरुले भरिभराऊ थियो। अधिकांश वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरु श्रम सहचारीको कार्यकक्षमा देखिन्थे। भुईं तलामा रहेको ज्ञवालीको कक्ष मात्र होईन, पहिलो तल्लामा रहेको श्रम कन्सुलर शिवराम पोखरेलको कक्षमा समेत पीडितहरुको उस्तै घुईचो देखिन्थ्यो।

तीनै भिडमा पोर्चुगल जाने भनेर हिंडेका दुई जना पीडित ज्ञवाली समक्ष आँफ्नो पीडा सुनाउँदै थिए। पीडितहरुको कुरा सुनेर सहचारी ज्ञवालीले कार्यालयबाट एजेण्टलाई फोन लगाए । ल्याण्ड लाईनबाट र मोबाईलबाट करिब २० पटक एजेन्टलाई फोन सम्पर्क प्रयास गरे, तर एजेन्टले फोन उठाएन । उनले म्यासेज लेखे ुदुतावासमा तुरुन्त सम्पर्क गर्नुु।

दलालले दुताबासलाई पटक्कै नटेरेको तर्फ उहाँको संकेत थियो । बिगतमा समेत धेरै उजुरी आएको र एजेन्टले नटेरेको ज्ञवाली बताउनुहुन्छ । ठगी धन्दाका क्रममा तत्कालिन कार्यवाहक राजदुत मणिरत्न शर्माका आफन्तहरुलाई समेत ठगेको उजुरी परेर दुतावासमा बोलाउँदा नआए पछि दुतावासले कतारमा क्रियाशिल बागलुङ सेवा समाजका पदाधिकारीको सहयोगमा दुतावासमा उभ्याउनु परेको उहाँले बताउनुभयो ।

पोर्चुगल पठाउने भन्दै करिब १३ लाख रुपैयाँ लिएर कास्की रुपाकोटका रामशरण थापा र चितवन कृष्णपुरका प्रेमबहादुर थापालाई कतारमा ल्याएर एजेण्टहरु सम्पर्क विहिन छन् । नेपालदेखि प्यासिफिक ह्युमन रिसोर्सेज मेन पावर मार्फत कतारको मदर कन्स्ट्रक्सन एण्ड कन्ट्र्याक्टिंग कम्पनीको भिसामा कतार ल्याईएका पीडित एजेण्टहरु सम्पर्कमा आउन नचाहेपछि दुतावास पुगेका हुन्।

एजेन्टहरु मध्ये टंकबहादुर थापाले कतारको कम्पनीबाट भिसाको बन्दोबस्त गर्ने, सन्तोष तामाङ भनेर चिनिने कृष्ण तामाङले पैसाको डिल गर्ने र नेपालदेखि कतारसम्म मान्छे ल्याएर इब्राहिम शर्मा भनेर चिनिने रामचन्द्र शर्मालाई दिने र शर्माले कतारदेखि पोर्चुगल लगायत युरोपेली मुलुकहरुमा विभिन्न लिंक मिलाएर कामदार पठाउने गरेको पीडितहरुको बयान मार्फत रहस्य खुलेको छ ।

वर्किङ भिसामा कतार ल्याएर पीडितलाई कतार स्थित मदर कन्ट्र्याक्टिङ कम्पनीको आईडी कार्ड ९आरपी० दिएर राहदानी र १३ हजार रियाल बुझे पछि मुख्य एजेण्ट रामचन्द्र शर्मा (इब्राहिम) र अर्का एजेन्ट कृष्ण तामाङ (सन्तोष) सम्पर्कमा आउन नचाहेको पीडितहरु गुनासो गर्छन् ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका ८ का रामचन्द्र शर्मा (इब्राहिम) चितवन जिल्ला टाँडीका कृष्ण तामाङ (सन्तोष) लामो समयदेखि कतारमा कथित आजाद भिसा लगायत कतारदेखि विभिन्न मुलुकमा मान्छे पठाउने धन्दा गर्दै आई रहेको खुल्न आएको हो।

वर्किङ भिसामा कतार आएकाहरु वैधानिक बाटोबाट तेस्रो मुलुक काम गर्न जान पाउने प्रावधान छैन। केही मल्टिनेशनल कम्पनीहरुको हकमा आफ्ना कामदारहरुलाई कुनै तेस्रो मुकुकमा सरुवा गर्न सक्ने भएपनि कुनै एजेन्ट वा एजेन्सी मार्फत त्यस्तो काम गर्न पाउने कुनै प्रावधान नै छैन। अवैधानिक बाटोबाट विभिन्न प्रलोभनमा पारी कतारको बाटो हुँदै तेस्रो मुलुकमा मान्छे पठाउने गिरोह सक्रिय रहेका छन्।

पीडितहरुको भिड,फितलो राहत
दुताबासमा दिनहुँ जसो पीडितहरुको भिड लाग्ने गर्छ, तर पीडितहरुले पिडकहरु खुलेआम घुम्ने गरेको गुनासो गर्ने गरेका छन्। दलालहरुले दुताबासलाई पटक्कै नटेर्ने तथा दुतावासमा गए झन दुख पाउने धम्की दलाहरुले दिने गरेको पीडितहरुको कथन हुन्छ।

अधिकांश पिडितहरुको एउटै प्रश्न हुन्छ के दलालहरुले भन्ने गरेको जस्तै दुतावास केही होईन तरु
नियोग एक कुटनैतिक नियोग मात्र होईन, किनकी यहाँ श्रम र श्रमिक समस्या हेर्ने डेस्क पनि छ। पीडितहरुको भनाई र दलालहरुको अटेरी मानसिकतालाई मनन गर्ने हो भने दुतावास श्रमिकहरुका पिडालाई समाधान गर्न चुक्दै आईरहेको देखिन्छ।

दुताबासका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने ुपहिलाका राजदुतहरु अस्थिर थिए,कतिबेला सरकार बद्लिन्छ र फर्किनु पर्ने भन्ने तनाव हुन्थ्यो, तर अहिलेका राजदुतलाई त्यो तनाव छैनु उहाँले आदर्श अनलाइनसँग भन्नुभयो, राजदुतले इच्छा शक्ति देखाए र दलालहरुलाई कानुनी दायरामा ल्याउन हिम्मत गरे भने श्रमिक समस्या हल गर्न समय लाग्दैन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *