जाडो मौसममा के खाने के नखाने ?

सरोज के.सी
हेल्थ असिस्टेन
धौलागिरी अस्पताल

पौष महिना लागे संगै जाडो झन बढेको छ । हिमाली भेगमा हिमपात भएर जनजिवन कस्टकर भएको छ भने, तराईमा सित लहरले । सामान्य अवस्थामा मानिसहरुले जाडो मा लुगा बाख्ला लगाउने, धेरै लुगा लगाउने भन्ने गरेको पाईन्छ । तर, लुगा मात्र होईना खान पानमा पनि ध्यान दिन जरुरी छ । मानिसको बानी हुदैन तातो तातो खानेकुराहरु खाने । जाडो मौसम आउन साथ शरिरको तापक्रम बढाउनका लागि खाने खानेकुराले पनि कहिले काही स्वास्थ्यमा असर गर्न सक्दछ । त्यसकारणले जाडो मौसममा कस्तो खानेकुरा खाने भन्ने बुझन जरुरी हुन्छ ।

जाडो मौसमा धेरै भोक लाग्दछ । भोक धेरै लाग्यो भनेर दबाउनु हुदैन । समय समयमा मात्र पुराएर खानेकुराहरु खाईराख्नु पर्दछ । विशेषत सिजन अनुसारका फलफुलहरु खादा धेरै राम्रो हुन्छ । सुन्ताला, हलुवाबेद, सखरखण्डा, गाँजार, मुला, अङगुर आदि फलफुलहरु खादा स्वास्थ्य राम्रो हुन्छ । अझै जाडो मौसममा गाजर खाने हो भने स्वास्थ्यमा धेरै फाईदा हुन्छ । सिजनल फलफुलले शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ ।

नेपालीले खाने कुरामा धेरै ध्यान नदिएको पाइन्छ । जाडो मौसममा खाने कुरामा ध्यान नदिदा विभिन्न प्रकारणका रोगहरु लाग्न सक्दछन् । चिसो खानेकुरा खादा रुगा खोकी लाग्न सक्दछ । त्यसकारणले बासी खाना नखाने, फिर्ज गरेको खानेकुराहरु नखाने हो भने हामीहरुले जाडोमा रुघा खोकी, ज्वरो आउनबाट बच्न सकिन्छ ।

तातो पानी पिउने, तातो खाना खाने, हरियो, सगपात खाने, गेडागुडीको दाल खाने, फलफुल खाने, न्यानो भएर बस्ने, आगो ताप्नु पर्दछ ।

हाम्रो घरमा दम तथा मुटु रोगी सदस्य हुनुहुन्छ भने थप ध्यान दिनु पर्ने देखिन्छ । मुटुका रोगीलाई धेरै चिल्लो पर्दथ खुवाउनु हुदैन् । हुनत सामान्य स्वास्थ्य भएका मानिसहरुले पनि धेरै चिल्लो राखेको खानेकुरा नखाएको राम्रो हुन्छ । विशेषत मुटु र दमका रोगीलाई चिल्लो कम भएको खानेकुरा खुवाउने, धुलो, धुवा बाट टाढा राख्ने, न्यानो बनाएर राख्नु पर्दछ । बुढा बुढिमा चुरोट खैनी जस्ता सुर्ती जन्य पदार्थहरु सेवन गर्ने बानी बढीहुन्छ । दम तथा मुटु रोगीले धुर्मपान गर्नु हुदैन् ।

भिटामिन सी प्राप्त हुने खानेकुरा खादा धेरै फाईदा हुन्छ जाडो मौसममा । जस्तै : अमिलो फलफुल, कागती, सुन्ताला, अमिलो, ब्रोकाउली, अम्बा, बन्दा, गोपी, , कटहर, सलगम, माछा, दुध, बदम आदिमा पाइन्छ । भिटामिन सी को कमिले छाला सुख्खा हुने भएकाले जाडो मौसममा अझै बढि आवश्यक पर्ने हुन्छ ।

जाडो मौसममा हात खुट्टा फुटने, ओठ फुटने भएकाले नुहाएपछि शरिरमा बोडी लोसुन प्रयोग गर्ने, लिपगाड ओठमा प्रयोग गर्दा राम्रो हुन्छ । जाडो मौसममा चिसो हुन्छ भनेर मानिसहरुले पानि पिउदैन्न । त्यस्तो गर्नु गलत हो । जाडो मौसमा मन्तातो बनाएर पानी पर्याप्त मात्रमा पिउनु पर्दछ


बाल बच्च र बृद्धले जाडो मौसममा विशेष ध्यान दिनु पर्दछ । चिसो खाना नखाने, न्यानो भएर बस्नु पर्ने हुन्छ । झोलीलो पर्दाथ धेरै खाने, सुपहरु समय समयमा खानु पर्दछ । जुन पनि खाने कुरा देख्दा साथ धेरै खाने बानी हुन्छ त्यो गलत हो । समय समयमा खाने तर धेरै खानु हुदैन् । जाडो मौसममा तुलसी पानी, अदुवा पानी, ब्यसार पानी खादा स्वास्थ्यमा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *