सहयोगी सहकारीको २३ औं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ ।

सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको २३ औं वर्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष पुस ९ गतेबाट सुरु भएको साधारण सभाको अन्तिम दिन आज मुल साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ शेयर सदस्य प्रेमबहादुर अधिकारीले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारीका शेयर सदस्यहरुले बचत गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको थियो । थोपा थोपा मिलेर समुन्द्र बनेजस्तै थोरै थोरै रकम जम्मा गरेर ठुलो पूँजी निर्माण गर्न सकिने भन्दै उहाँले सहकारीले सदस्यलाई बचत गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

साधारण सभामा नव रामरेखा तरकारी सहकारीका अध्यक्ष नारायण प्रसाद शर्मा र एकता सहकारी संस्थाका अध्यक्ष धुव्रप्रसाद शर्माले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाले संस्थाका सचिव राम प्रसाद उपाध्यायले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द प्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

३ सय ६६ जना शेयर सदस्य रहेको संस्थामा १ करोड ८५ लाख २६ हजार ६ सय १५ रुपैयाँ निक्षेप, ४५ लाख ७७ हजार सात सय रुपैयाँ शेयर पूँजी र १ करोड ५० लाख रुपैयाँ कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

साधारण सभामा जेष्ठ शेयर सदस्य भूमिराज आचार्य र धन कुमारी शर्मालाई नगद सहित सम्मान गरिएको छ । त्यसैगरी असल बचत कर्ता जयबहादुर खड्का र पद्मा कुमारी शर्मालाई सम्मान गरिएको छ । साधारण सभा संस्थाका अध्यक्ष महेन्द्रसिंह रायमाझीको अध्यक्षता, उपाध्यक्ष भुमिराज आचार्यको स्वागत र सचिव रामप्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *