संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम हो–ढुङ्गाना

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले राजावादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम भएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले १२८ औँ माओ जयन्तीको अवसरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेको संसद विघटनले बैदेशिक चलखेललाई निम्ताएको बताउनुभयो ।

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि विघटित प्रतिनिधि सभाको पुर्न स्थापना गर्दै संघीयता खारेजीको विकल्प नरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापाले प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले लगायते बोलेका थिए ।

कार्यक्रम नगर समितिका अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, उपाध्यक्ष योगेन्द्र पौडेलको स्वागत मन्तव्य र सचिव गोविन्द प्रसाद पौडेलको सञ्चालनसम्पन्न भएको थियो ।

पौष २६ गते पैयुँपाटा, २७ गते नारायणस्थान र २८ गते अमलाचौरमा वडा स्तरीय प्रशिक्षण गर्ने जनमोर्चाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *