कतारमा स्वीकृति विना कुनै गतिविधि नगर्न दूतावासको अनुरोध

आदर्श अनलाइन, दोहा कतार

कतार स्थित नेपाली राजदूतावासले आँफनो पुर्व स्वीकृति विना कुनै पनि राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन नगर्न अनुरोध गरेको छ ।

कतार स्थित विभिन्न देशका कूटनीतिक नियोगलाई आँफ्नो देशका नागरिकलाई कतारको कानून विपरित हुने कुनै पनि गतिबिधि नगर्न निर्देशन गर्न अनुरोध गरेको हो ।

कतार सरकारको अनुरोध अनुसार नेपाली राजदूतावासले पनि बुधबार त्यस्ता गतिविधि नगर्न एक सूचना प्रकाशित गरेको छ ।

पछिल्लो समयमा केही समुदायले सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ भेला, बैठक, चन्दा संकलन लगाएका कार्य गरेको जानकारी प्राप्त भएको भन्दै दूतावासले त्यस्तो कार्य नगर्न सुचीत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *