राम सुवेदी
प्रगतिशील समाज निर्माण गर्ने श्रमजीवी वर्गको राज्य सत्ता सञ्चालन गर्नु कम्युनिष्ट निष्ठा हो । समाजमा दविएका, दवाइएका हेपिएका, थिचिएका, होचिएका, राज्यको मूलधारमा आउन नसकेका वर्ग समुदायको वृहत्तर हित र पक्षमा कम्युनिष्टहरुको कम्युन राज्य शत्ताले उद्धार गर्छ । वर्तमान पूँजीवादी राज्इ प्रणाली पूरै बदलेर गरिखाने वर्गको अगुवाईमा प्रगतिशील समान निर्माण हुने कम्युनिष्ट राज्य सत्ताको आदर्शता हो ।
संसारका सबै श्रमगरि खाने वर्ग अर्थात मेहेनत र परिनाको मूल्यसँग कम्युन सत्ता सञ्चालन गरेको हुन्छ । श्रमजीवीको हितमा श्रमजीवीहरुनै कम्युनिष्ट पार्टिको नेता वा नेतृत्व हुन्छ । जो श्रम नै गर्दैन त्यो श्रमजीवीको पक्षमा कसरी अगुवाई गछ ? आम प्रश्नहरुको सत्य जवाफ दिने आज हाम्रो बीचमा कुनैपनि कम्युनिष्ट पार्टि रहेन भन्दा नाजायज हुँदैन ।
आज कम्युनिष्ट पार्टिको नेता जो जस्ले मै हुँ भनेका छन् वा त्यो लाल झण्डा र माक्सवादी आदलर्शताको भोगचलन जो जस्ले कम्युनिष्ट पार्टि भनेर गरिरहेका छन् त्यो केवल सत्ताको रजाई मात्र हो । होईन भने, आज पनि दुई तिहाई बहुमत सहितको राज्य व्यवस्था कम्युनिष्ट नेतृत्वले सञ्चालन गर्ने, वर्तमानमा सामाजिक जीवन शैली र सामाजिक सभ्यताको उच्चतम उद्गमता हासिल गर्नु कस्ले ककहाँ छेक्यो र आजको रइदालो सुरु भयो भन्नृ सामान्य साक्षर नागरिकले जान्न बुझ्न असहज छैन जस्तो लाग्छ ।
समाजमा हेपिएका, राज्यको दृष्टि नपरेका, सामाजिक मान्यता मुल्य र संस्कारहरुले थिचिएका वर्ग समुदायसँग हाम्रा कम्युनिष्ट पार्टिका कार्यक्रम, उनीहरुको हिमपिम र माया ममता जीवन उपयोगी छ वा त्यो समुदायलाई चुनावी भ¥याङ बनाएर भोटको हर—हिसावले राजकाज चलेको छ ? के यो सवाल आजको समाजबाट लुकेको लुकाइएको सवाल हो त ? नेपालका कम्युनिष्टहरुको शैद्धान्तिक धरातल असमानतामा आधारित समाजलाई समानतातिर लैजाने प्रयत्न तिर छ । तर व्यवहारिक पाटो र मार्ग भने बेइमानी, पदच्यूत, ढाँटछल र इमानको व्यापारमा उद्धेलित नै छ । होईन भने, कम्युनिज्म अर्थात साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ भन्ने मान्यतामा विश्वास खै कता लखेटियो ? संसारका विद्धनहरुले अनुमान गरेको र व्यवहारिक मानसिकता परिचालन गरेको कम्युनिष्ट सत्ताको अर्थ आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामूलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशीलाको मूल उद्देश्य सहितको बैज्ञानिक व्यवस्था हुनु हो ।
हामीले अध्ययन गरेको इतिहासमा, कम्युनिष्ट आदर्श पात्र कार्ल माक्र्स र एङ्गेल्सले सन् १८७१ मा पेरिसमा लागू गरेके कम्युन अवधारणा आज विश्वका कम्युनिष्ट भनिने पार्टिका खास आदर्श उद्धेश्य हो । वा समाज, परिवेश र परिस्थिति जन्य आधारहरु बदलिएको अवस्थामा, शैद्धान्तिक सार्थकताको आधारमा कम्युन व्यवस्था व्यवस्थित गर्नु हो । जनअपेक्षा अनुसार एक जीवित राज्य व्यवस्था मुलुकमा छ भन्ने अनुभूत श्रमजीवी वर्ग अर्थात गरिखाने जनतालाई विश्वसनीयता दिलाउनु हो । के हामीबीचको कम्युनिष्ट सत्ता कम्युन आचरण, संस्कृति, संस्कार मूल उद्धेश्यको पालक, साझा विचार बोल्यो ? हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ, गर्छ ? कम्युन विषेशतामा समाजवाद भनेको सम्पत्तिको सामुदायिकिकरणमा जोड दिनु हो । के त्यो काम आज हाम्रा नेताहरुबाट अभ्यासमा आयो ? नगरिक तहसम्म काममा एकत्व र साझेदारी बढ्यो ? क्षमता अनुसारको काम, काम अनुसारको दाम नागरिकले पाए ? त्यसको व्यवस्थापन किन भएन भनेर बोल्ने, सोच्ने र बहश गर्न दिग्गजहरुले त्यसो गरेका छन् । कम्युनिष्ट पार्टिको नेता र नेतृत्व अन्तरसंघर्ष व्यवस्थित गर्ने क्षमताको रह्यो ? आलोचनात्मक चेत सहितको पार्टि, विधान र नेतृत्व कला भएका नेता नेतृत्व रहे ? यसो नहुनु वर्तमानमा झल्कदो परिवेशको वृत्तचित्रले यो लरबराएको कम्युनिष्ट नेतृत्व र जनमतको दोहाई भन्दा अरु कुनै कुरा होईन ।
आदर्शताले भन्छ, समानतामा आधारित आधारशीला बलियो भएको समाजको निर्माण गर । जनताको बल, साम्यवादसम्मको एक प्रयत्न र सुवर्ण यात्रा पनि हो । आज त्यसको खास अभ्यासहरु नेतृत्वबाट हुने गरेको छैन ।
कारण वर्तमानमा कम्युनिष्ट आदर्श, मूल्य, मान्यता र त्यसको गज धरमराएको आम नागरिकमा तरंग उत्पन्न भएको छ । यदी त्यो होइन भने उद्धेश्य र आशय एकातिर थन्क्याएर कम्युनिष्ट लोगोको व्यापारबाट समाजमा नाफा घाटाको सत्ता त बेइमानीहरुको खेति हो भन्ने आज किन परिरहेको छ । परिदृश्यले त्यसते घटियापन किन देखायो ? सत्यमा दिग्भ्रमित आशयको हिस्सेदारहरु आदर्श बेचेर राज्य दाहन किन गर्नुपरयो ? अहिलेको परिपाटि, संस्कृति, चिन्तन, व्यवहार र चरित्रले समाजवादसम्म पुगिन्छ भनेर झ्ठको पुलिन्दा उठाइहाल्दा सबैले पत्याउनुपर्छ भन्ने छैन होला नी ।
हिजाको कम्युनिष्ट काँग्रेसले पनि सत्ता नचलाएका होईनन् । तत्कालिन नेकपा एमालेका नेता मनोमोहन अधिकारीले ल्याएको नीति कार्यक्रम र योजनाहरुले सत्तासिन कम्युनिष्टहरुको गज केही गतिलो भएको सत्य हो । तर त्यसकै व्याजले आजको कम्युनिष्ट सत्ता चल्दैन । त्यभन्दा अरु कसैले सञ्चालन गरेको राज्य व्यवस्थाको व्यवहार, हैसियत, संस्कार, चिन्तन, सामन्तवादी भयो ।
पूजीपतिहरुको साँठगाँठमा गरिब, दुखी, निमुखा, गरिखाने श्रमिक वर्गको हित विपरित भयो । पूजीवादी चरित्रको राज्य व्यवस्थाले, हाम्रो जस्तो मुलुकमा जनभावना अुसारको विकास, आर्थिक समृद्धि, न्यून आय भएका नागरिकको गास, वास र कपासको ग्यारेन्टी गर्न सकेन । त्यसबाट अलगिएर, सामन्ती चरित्रको राज्य व्यवस्थाबाट जनताको अवस्था फेर्न भएका संघर्ष, आन्दोलन, जनबल र जनताको अभिमतले वर्तमानको कम्युनिष्ट राज्य व्यवस्था सञ्चालित छ । यसको चरित्र, व्यवहार, चिन्तन र संस्कार पनि पुरानै परिपाटिको हुँदै गएको छ । यो एक प्रकारले कम्युन चरित्र धरमराएको अवस्था हो । त्यत्ति मात्र होईन । अहिलेको पद्धति र व्यवहार एक सामाजिक दलाल पुँजीवादी व्यवस्थाको प्रतिकका देखिएको यथार्थता हो । यसको बिम्व आजको अवस्था हो । यो कुनैपनि हालतमा कम्युन चरित्रको भएन र हुन्न भन्ने राजनीतिक संश्लेषण पनि छ । आजको कम्युनिष्ट सत्ताले पनि अझै हिजोका जस्ता सत्ताका लागि दलाली गर्ने, सत्तामा बसेर राज्यको पूजी निजीकरण गर्ने, सत्तालाई गुटकरण गरेर आफै सत्तासिनहरु दलाल बन्ने यस्तो परम्परा पनि कम्युन हुन्छ ?
यस्तो अवस्थामा कम्युन सरकारको अभ्यास खोज्नु, सामन्ती संस्कार र चरित्रमा सर्वहारावादी साँस्कृति आचरण खोज्नु, चाल्नोमा दुध दुहुनु नै हो । आजको कम्युनिष्ट सरकार व्यवस्थापन पक्ष र यही आचरण चिन्तनले देश समाजवाद उन्मुख उद्धेश्य तर्फ जान्छ भन्नु एकाध वर्षका लागि जनता ढाँट्नु र राज्यमा रजाई चलाउनुको अर्को कुनै औचित्य पुष्ट्याई छैन ।
आज यो उन्नत, प्रगतिशील र सभ्य व्यवस्थाका रुपमा गणतन्त्रलाई स्वीकार गरेका छौं । तर सत्ता सञ्चालनको तीन वर्ष पुरा हुँदा नहुँदै यसको विकल्पका कुरा सडकमा आउनु उपयुक्त हो ? आफैले संविधान निर्माण गर्ने अवसरमा पाएका राजनैतिक दल, त्यसका समर्थकहरुबाट गतिलो समर्थन पाएको व्यवस्था, गणतन्त्रको अपनत्व स्वीकार गर्ने कम्युनिष्ट पार्टिको पूर्ण बहुमत सहितको सरकार यो सबै शुखद् पक्ष हुन् । तर आज जे जे भइरहेका छन् । यो सबै व्यक्तिगत स्वार्थ खास कारणले भएका हुन् । नीजी निष्ठाको व्यापारले देखाएको चरित्र हो ।
हामीले आज हाम्रो संसदीय प्रणाली हेरौं । त्यहाँका गतिविधि अध्ययन गरौं । संसद्वादको सर्कसभित्रका सबै ‘राजनीतिक पार्टीहरू’ र ती पार्टीका पात्र ‘जनप्रतिनिधिहरू’ को गतिविधि होरौं । के भएको छ ? के के गरिरहेका छन् ? जनप्रतिनिधि जनमत लिएर जनताबाट के कति कारणले टाढा छन् ? यथार्थमा आजका जनप्रतिनिधिहरु केही एकाध बाहेर सबै नारामा ‘जनसेवा’ र योजनामा ‘मुनाफायुक्त व्यापार’ चलेका छरपरष्ट अनुहारहरु जनप्रतिनिधिका विल्लामा छन् । कसैका उदाँगिएका होलान कसैका अझै डोकोले तोरिएर सुरक्षित जस्ता होलान हेर्दै जाऔं, सबैका कर्तुत छोटै समयमा लम्बितान भएर आउनेछन् । त्यो आचरणले पेश गर्नेछ । कारण राज्य व्यवस्थाको चित्र हामी फेरयौं, व्यवस्थापकहरुको चरित्र फेर्न सकिएन । यहाँ अधिकतम कम्युनिष्टहरुको नेतृत्वमा भएका राज्यसत्ताको बेहाल छ । त्यो भन्दा कम कम्युनिष्ट इतरको पनि छ । जस्ले जनमतबाट ल्याइएको गणतन्त्रात्मक व्यवस्थाका विकल्पमा अल्पिएको सामन्तवादी राज्यसत्ताको वकालत राजावादीहरुबाट सडकमा प्रहसन भइरहेको छ ।
होईन भने, यो देशमा जानेर नजानेर, चाहेर नचाहेर कम्युनिष्ट पार्टिको राज्य व्यवस्था छ । कम्युनिष्टहरुको मुल उदेश्य राष्ट्रिय उत्पादनमा वृद्धि गराउनु हो । त्यसका पार्टि सदस्यहरु स्वयंसेवकीय रुपले देश निर्माण गर्ने अभियान्ता बन्नु हो । राष्ट्र निर्माणको स्वयंसेवकीय भावले सामुहिकीकरणसँगै साझा सामाजिक जीवन शैलीको विकास गर्नु हो । मेरो भन्ने बाट हाम्रो भन्ने संस्कृतिको विकास गर्नु हो । तर कम्युनिष्ट पार्टिका कार्यकर्ता ठेक्कापट्टा खोज्दै हिंडनु, आफैले बनाएका नेता जनप्रतिनिधिको गुलामी गर्नु, आफ्ले काम गरेर उनीहरुलाई कमिशन दिनु, हो यही हो दलाली प्रवृत्ति गर्नु होईन । आज दलाल पुँजीवादी आर्थिक संरचनाको कारण एकातिर जनतामा दैनिक भीषण मार परेको हुन्छ र अर्कोतिर देशबाट ठूलो मात्रामा पुँजीको पलायन भैरहेको छ । के यो जनताले मूल्याँकन नगरी बसेको होला ? आफ्नो मत लिएका मान्छेहरु मतदानको अपमान, अवमूल्यन हुनेगरी भएका गतिविधिहरुलाई आँखा चिम्लेर टाढिएको होला ? त्यस्तो सजिलो अवश्य छैन र हुँदैन ।
हाम्रो देशमा कम्युनिष्टहरुलाई बदनाम गर्ने, एकमात्र कमजोर चरित्र दलाल पुँजीवादी व्यवस्थाको आत्मसात नै हो । दलाल पूजीवादी व्यवस्थाको मूल मुहान भनेको भ्रष्टाचार नै हो । राज्यका नेताहरू, कर्मचारीहरू, सुरक्षा निकाय, न्याय सम्पादनकर्ताहरूको वास्तविक चाहना विपरीत दलाल पुँजीवादी उत्पादन सम्बन्धका कारण भ्रष्टाचार राज्यको सबैभन्दा माथिल्लो निकायबाट सुरु हुन्छ र त्यो पिरामिड आकारमा तलसम्म फैलिँदै जान्छ । आजको व्यवस्था यही नेर चुकेको छ झुकेको छ । ‘म भ्रष्टाचार गदिनँ र गर्न पनि दिन्नँ ।’ कम्युनिष्ट पार्टको नेतृत्व वर्तमान प्रधानमन्त्रीका यो भनाइ किन व्यङ्गे जस्तो लाग्छ ? किनकी बास्कोटा काण्ड, सुन काण्ड, बालुवाटार काण्ड, वाइडबोडी काण्डलाई ढाकछोप गर्नुको प्रतिउत्तर जनमानसबाट हुत्तिएको अवस्था छैन । यसले, वर्तमान प्रधानमन्त्री पनि पूजीवादी दलाल व्यवस्थाकै प्रधानमन्त्री हो । ढाकछोप गर्नु उहाँको दोष होईन यो त व्यवस्था परिचालन र सञ्चालनको दोष हो भन्ने पक्का छ । कम्युनिष्टहरुने कर्म बेचेर फलको आसा गर्ने हो, आदर्श र निष्ठाको व्यापार गरेर नाफा कमाउने होईन ।यत्रि जान्यो भने लरखराएको पाइला बाटोमा आउला नभए, भिरमा गएकोलाई रामराम भन्दिनु, काँध जो कोहीले नथाप्नु ।