संसद विघटनका विरुद्ध नेकपा बागलुङ सबै स्थानीय तह पुग्ने


आदर्श अनलाइन,बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले संसद विघटनको विरुद्धको अभियान गाउँ तह सम्म पु¥याउने भएको छ । नेकपा जिल्ला कमिटी बागलुङले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी विभाजनको अवस्थाका बारेमा कार्यकर्ता र जनतालाई बुझाउन जिल्लाका १० वटै स्थानीय तहमा बैठक र भेला आयोजना गरिएको जानकारी दिएको छ ।


यो अभियान सोमवारदेखि नै जिल्लाको जैमिनी नगरपालिकाबाट सुरु हुने नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिनुभयो । नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा आइतबार बागलुङ जिल्ला कमिटिको चौथो विस्तारित बैठकको निर्णय अनुसार अब लगातार १३ दिन सम्म गाउँ गाउँमा पछिल्लो राजनैतिक घटनाक्रमका कारण संविधान, पार्टी एकताको पक्ष र संसद विघटना बिरुद्धमा अभियान थालनी गर्न लागिएको सचिव गैरेको भनाई छ ।

पार्टी भित्र अन्र्तविरोध भए पनि संसद विघटन प्रतिगामी कदम भएकाले जुनकुनै पनि तर्क र बाहनामा यसको समर्थन गर्ने अवस्था नभएकाले जनताका माझमा जानुको विकल्प नभएको नेकपा जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो । “जनताका प्रतिनिधिले जनताका कुरा सुन्नु पर्दछ, संसद विघटन, पार्टी विभाजन हुनुको कारण जनतालाई भन्नुपर्दछ” अध्यक्ष सापकोटाले भन्नुभयो “हामी कुनै व्यक्ति बिशेषको भन्दा पनि पश्चगामी कदमका बिरुद्धमा, पार्टी एकता,संविधानको रक्षा र गणतन्त्रात्मक व्यवस्था जोगाउनका लागि आफ्ना कार्यकर्ता र जनता माझ जान थालेका हौं ।”

नेकपा जिल्ला कमिटीले पहिलो चरणमा पुस १३ गते जैमिनी नगर कमिटिको बैठक तथा प्रशिक्षण, १४ गते बागलुङ बजारमा विरोध प्रदर्शन, १५ गते बागलुङ नगर कमिटीको विस्तारित बैठक, १६ गते काठेखोला गाउँ कमिटीको भेला तथा प्रशिक्षण, १७ गते गलकोट नगर कमिटिको बैठक तथा भेला, १८ गते बडिगाड गाउँ कमिटीको बैठक, १९ गते ढोरपाटन नगर कमिटीको बैठक, २० गते निसीखोला गाउँकमिटी, २१ गते तमानखोला गाउँ कमिटी, २२ गते ताराखोला गाउँपालिका र २३ गते बरेङ गाउँपालिकामा बैठक तथा प्रशिक्षण गर्न थालिएको छ ।

यस्तै, पुस २० गते भित्र सम्पूर्ण जनसंगठनहरुको भेला, पुस २५ गते भित्र बागलुङ जिल्लाका सम्पूर्ण वडाको भेला तथा पालिका स्तरिय जननिर्वाचित प्रतिनिधि सँग बैठक तथा भेला गर्ने बैठकले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *