जैमिनीमा इन्सेकद्वारा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवाला बीच अन्तरक्रिर्या कार्यक्रम जैमिनीमा आइतबार सम्पन्न भएको छ । ‘मानव अधिकार सम्बद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम’ अन्तर्गत आईतबार जैमिनीमा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले नगरपालिकाले नगरका कृषकलाई व्यावसायीक कृषी पेशामा लगाउनका लागि कामहरु गरेको बताउनु भयो । नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई प्रोत्साहान गर्नका लागि विभिन्न योजनाहरु बनाएको भन्दै नगरका कृषकले उत्पादन गरेका सुन्तला, कागती, मह, कफी र अलैचीलाई कृषकले विक्री बितरण गर्न नसकेको खण्डमा नगरपालकाले विक्री गरिदीने समेत गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाले नेपालमा कृषि एकोहोरो भएकाले कृषीलाई विविधीकरण गर्नु पर्ने बताउनु भयो । कृषकलाई एकोहोरो कृषी प्रणालीले निरास गराउने भन्दै कृषकलाई विविधीकरण र व्यवसायीक बनाउनका लागी सबै तहका निकायहरु लाग्नुपर्नेमा कोइरालाले जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका कृषि शाखा प्रमुख नेत्र प्रसाद आर्चायले नगरपालिकाले कृषकलाई व्यवसायीक बनाउनका लागि यो वर्षको कृषि पल्टन र पशु पल्टन योजनालाई प्रमुख प्राथामीकतामा राखेको बताउनु भयो । कृषिले बिउ बिजन, मिनी टेलर हलो, औषधी, मौरीको गोला, कृषि तालीम, फलफुलको विरुवा, टनेल, माटो परिक्षण जस्ता विभिन्न खालको कार्यक्रमहरु रहेको आर्चायले जानकारी दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नम्वर १० राङ्खानीका कृषक केदार आचार्यले नगरपालिकाले कृषकहरुका लागि कार्यक्रम बनाए पनि सम्बन्धीत कृषकले त्यसको लाभ नपाएको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले दिएको अनुदानको नियमीत अनुगमन गर्नुपर्ने भन्दै नगरपालिकामा व्यवसायीक कृषकहरु कति छन् र नगरमा कति परिमाणमा कृषि जन्य चिजहरु उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क पनि राख्नु पर्ने बताउनुभयो ।

कार्यक्रमा शान्ति माध्यामीक विद्यालयका प्रध्यानध्यापक यम बहादुर जिसीले नगरपालिकाले उत्पादनमा भन्दा खरिदमा जोड दिएको भन्दै आगामी दिनमा कृषकलाई उत्पादन गर्नका लागि कृषकलाई प्रोत्साहान गर्नका लागि योजना ल्याउनका लागि सुझव दिनुभयो । कार्यक्रमा इन्सेकद्वारा जैमिनी नगरपालिकामा गठित मानव अधिकार निगरानी समुहका संयोज मेघराज ढकालको अध्यक्षता, सदस्य हरी प्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको इन्सेक सहजकर्ता साधना पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *