आरोप प्रत्यारोपको छुद्र राजनीति

सम्पादकीय
मुलुकमा नयाँ संविधान जारी भएर नयाँ संघीय अभ्यास अनुसार तीन तहको सरकार बन्यो । यस पश्चात नागरिकलाई लाग्यो की वर्षौदेखीको देशको राजनीतिक अस्थिरता रोकियो । अब मुलुक विकास, प्रगति र समृद्धि तर्फ उन्मुख हुनेछ । अब विगतका जस्ता कहालीलाग्दा राजनीतिक बाधा अड्चन, घटनाक्रमहरु हुने छैनन् । तर,देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि एक अकल्पनिय राजनीतिक घटनाक्रम देखिएको छ । करिब दुई तिहाइ प्राप्त जनमतको जगमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार आफै दुई वर्ष अवधी बाँकी छँदै प्रतिनिधि सभा विघटन गरेको छ । र तीन वर्ष अघिको चुनावी तालमेलमा बाम गठबन्धन बनाएर निर्वाचनबाट ऐतिहासिक जित पछि पार्टी एकता समेत गरेर बनेको नेकपा अन्ततः विभाजित भएको छ ।

अहिले विभाजित नेकपाका दुई पक्षबीच आरोप प्रत्यारोप तिव्र छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, प्रवत्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गर्ने निर्णय ग¥यो भने प्रचण्ड, माधव नेपाल पक्षले पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय ग¥यो । तीन तहको चुनाव सँगै यात्रा गर्ने उद्घोष गरेका नेकपा भित्रको विवाद, आरोप प्रत्यारोप यति चरम उत्कर्षमा पुग्यो की अहिले पार्टी विवाद सर्वोच्च अदालत र निर्वाचन आयोग सम्म पुगेको छ । को आधिकारिक संस्थापन पक्ष हो ? र नेकपा नाम र सूर्य चिन्ह कसले पाउने भन्ने विषयमा ठुलो रस्साकस्सी छ । दुई समूहका नेताहरुले एकले अर्को पक्षका नेताहरुलाई गरिरहेको गालीगलौज, आरोप प्रत्यारोप यति निच र तुच्छ प्रकारका छन् की जुन आज सम्मको मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पनि लगाउन सकिरहेको थिएन । यो केन्द्रीय स्तरका नेताहरुमा मात्र होइन, जिल्ला स्तरका नेता,कार्यकर्ताहरुमा पनि उस्तै प्रवृत्ति व्याप्त देखिन्छ । अहिले सामाजिक सञ्जालहरु नेकपा भित्रका दुई पक्षका निकृष्ट आरोप प्रत्यारोपले प्रदुषित छ ।

राजनीतिक दल या दल भित्रै पनि आन्तरिक प्रतिस्पर्धा,अन्र्तविरोध स्वभाविक हुन्छ । आरोप प्रत्यारोप पनि चल्छ । तर, त्यो छलफल या भाषण या अरु कार्यक्रम गतिविधिमा यो हुनुहुँदैन की त्यो तथ्य बाहिर होस् । सतही आरोप प्रत्यारोपले केबल आफ्नै कद होचो हुन्छ । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन । आज पार्टी विभाजनको अवस्थामा पुगे पनि भोलीका दिनमा पार्टी फेरी एक हुन सक्छ । या आगामी चुनावमै पनि तालमेल भएर सँगै यात्रा गर्ने परिस्थिति तयार हुन सक्छ । आज दुई धारमा हुँदा एकले अर्कोलाई क्षणिक आवेग, लहड, स्वार्थ र आक्रोशमा सत्तेसराप गर्ने प्रवृत्ति कदापी राम्रो होइन । तथ्य र सत्यको जगमा स्वच्छ बहसलाई बढावा दिऔं, जसले समाज र देशलाई शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि हिँड्नबाट कसैले रोक्न नसकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *