मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको बन्द हट्यो

आदर्श अनलाइन, बागलुङ
चट्टान कटानका लागि २० दिनदेखी जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको वेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तिब्र्रता पाएको छ ।

मङ्सिर २५ गते देखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अन्र्तगत उपल्लाचौर अछेते बिहुँ घोडाबाधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक ६ घण्टा सडक बन्द गरिएको थियो । उक्त खण्डमा हुँदै आएको दैनिक ६ घण्टा सडक बन्द खुलेपनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि २५ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो । आजदेखि लोकमार्गको अबरोध हटेपनि केही चट्टानको काम बाँकी रहेकाले लामो समय सवारी आवागमनमा बाधा नपर्ने थरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

लोकमार्गको खहरेमा विहान ७ बजे देखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजे सम्म गरी दैनिक ६ घण्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो । चट्टान कडा भएका कारण २० दिनमा नसकिएकाले कामलाई निरन्तरता दिएपनी सवारी आवतजावत गर्न दिइने मध्यपहाडी पुष्पलाल लोकमार्गका इन्जिनियर उज्जल शर्माले बताउनुभयो । सवारी साधन कम गुड्ने समयमा चट्टान काट्ने गरी समन्वय भइरहेको शर्माको भनाई रहेको छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय उपलव्ध गराइएको थियो । ठेकेदारले काममा ढिलाई भएको प्रति आत्मआलोचना गर्दै अबको ६ महिना भित्रै उक्त खण्ड कालोपत्रे गर्ने गरी कामलाई तिब्रता दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *